दाङ -१ मा मतान्तर बढाउँदै पाठक, सुस्त गतिमा पछ्याउँदै योगेन्द्र र मेटमणी
दाङ : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठक भारी मतान्तरले अग्रता लिइरहेका छन्। १० हजर ३ सय मतगणना हुँदा पाठकले ६ हजार १३४ मत प्राप्त गरेका छन्।
उनीलाई सुस्त गतिमा नेपाली कांग्रेसका योगेन्द्र चौधरीले पछ्याउँदै छन् । चौधरीले १ हजार ७ सय ७८ मत पाएका छन्। पाठक उनी भन्दा ४ हजार ३५६ मतान्तरले अगाडि रहेका छन्। नेपाल कम्युनिस्ट पार्टीका मेटमणी चौधरीले ७६१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रेवतीरमण शर्मा चिमिरेले ७१६ मत पाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ९ हजार ९५६ सदर मत गणना भएको छ भने ४०६ मत बदर भएको छ। पाठकले सुरुदेखि नै अग्रता बढाउँदै लगेका छन् । अहिले क्षेत्र नम्बर १ को लमही नगरपालिकाको मतगणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !