काठमाडौं–२ मा रास्वपाका सुनिल केसी ५,२५५ ले अगाडि, दोस्रोमा कांग्रेस
काठमाडौं : काठमाडौं–२ मा जारी प्रतिनिधिसभाको मत गणनाको हालसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ । काठमाडौं–२ मा रास्वपा उम्मेदवार सुनिल केसीले ५,२८८ मतसहित अग्रता बनाएका छन् ।
नेपाली कांग्रेसका कविर शर्मा २,०१४ मतसहित दोस्रो, राप्रपाकी कुन्तादेवी पोखरेल १,२७७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नितेश पौडेल ९६८, नेकपा एमालेका मणिराम फुयाल ९४० मत ल्याएका छन् । ५९ हजार २८३ खसेकोमा हालसम्म ११ हजार ६७५ मत गणना भएको छ । जसमा ५५५ मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस !