सुनसरी–४ मा पूर्व मन्त्री कार्की र कुसियतलाई पछि पार्दै रास्वपाका साहको अग्रता
सुनसरी : सुनसरी क्षेत्र नम्बर–४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिपक साहले सुरुवाती अग्रता लिएका छन् । हालसम्मको मतपरिणाम अनुसार रास्वपाका साहले ४ हजार ८ सय ९१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।
उनलाई नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले १ हजार ४ सय ९६ मत प्राप्त गरी पछ्याउने प्रयास गरिरहेका छन् । नेकपा एमालेका नेता तथा पूर्व प्रदेश मन्त्री जगदीश कुसियतले १ हजार २ सय १५ मत प्राप्त गरी तेस्रो स्थान ओगटेका छन् ।
सुरुवाती मतगणनामा साहले दुवै प्रमुख दलका उम्मेदवारलाई उल्लेख्य मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन् । सुनसरी–४ मा प्रतिनिधिसभा सदस्यका लागि प्रमुख तीन दलबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको थियो । तर प्रारम्भिक मतपरिणामले रास्वपाका साहलाई बलियो स्थितिमा देखाएको छ ।
प्रतिक्रिया दिनुहोस !