रास्वपाका विपिन जीत उन्मुख, एमाले महासचिव शंकरले हार स्वीकार गर्दै दिए बधाई
दाङ : लुम्बिनी प्रदेश अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर- २ मा शंकर पोखरेलले पराजय स्वीकार गरेका छन्। शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत विपिन कुमार आचार्यलाई बधाई दिँदै हार स्वीकार गरेका हुन्।
मतगणनामा बाँकी मतभन्दा झण्डैं दोब्बर मतान्तरले विपिन कुमार आचार्य अगाडि रहेपछि उनको जित लगभग निश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार आचार्यले (रास्वपा) ३४ हजार २९ मतसहित अग्रस्थानमा छन् भने शंकर पोखरेल (नेकपा एमाले) ले १२ हजार ४३२ मत प्राप्त गरेका छन्।
यस्तै किरण किशोर घिमिरे (नेपाली कांग्रेस)ले ९ हजार ६३७ मत पाएका छन् भने निर्मल आचार्य (नेपाली कम्युनिस्ट पार्टी) ले ५,७९६ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम परिणाम भने करिब दुई घण्टाभित्र सार्वजनिक गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
४