कैलाली- ५ मा रास्वपाका आनन्द बहादुर चन्द भारी मतले विजयी

कैलाली- ५ मा रास्वपाका आनन्द बहादुर चन्द भारी मतले विजयी
तस्बिर : अन्नपूर्ण

धनगढी :  प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले सार्वजनिक गरेको आधिकारिक मतपरिणामअनुसार चन्दले सबैभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन्।

निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नर नारायण शाह ले ११ हजार ९५८ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले ले ७ हजार ८७६ मत प्राप्त गरेका छन्।

नेकपा (एमालेका) का उम्मेदवार यज्ञराज ढुंगानाले ५८३९  मत प्राप्त गरेका छन्। यहाँ कुल मतदाता संख्या १ लाख १० हजार ५३९ रहेकोमा ६५ हजार ९६३ मत खसेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.