पर्सामा समानुपातिकतर्फ पनि रास्वपा बन्यो पहिलो दल

पर्सामा समानुपातिकतर्फ पनि रास्वपा बन्यो पहिलो दल

वीरगन्ज : फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा जिल्लामा प्रत्यक्षतर्फका चार वटै सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फपनि सबै भन्दा बढी मत प्राप्त गर्दै पहिलो दल बनेको छ । 

पर्सा जिल्लामा समानुपातिकतर्फ रास्वपाले १ लाख २३ हजार ९२८ मत प्राप्त गरेको हो। २०७९ को निर्वाचनमा भने पर्सा जिल्लामा समानुपातिक तर्फ रास्वपा ७ हजार ५५१ मतका साथ छैठौं स्थानमा थियो । 

यसअघि २०७९ को निर्वाचनमा पर्सा जिल्लामा समानुपातिक तर्फ पहिलो दल रहेको नेपाली कांग्रेस भने यसपालि दोस्रो स्थानमा झरेको छ । प्रत्यक्षतर्फ पर्साका चार वटै सीट पराजय व्यहोरेको काँग्रेसले समानुपातिक तर्फ भने ३८ हजार ७६९ मतमात्रै पाएको छ । यस्तै नेकपा एमालेले समानुपातिकतर्फ ३३ हजार ९१९ मत मात्रै पाएको छ भने राप्रपाले ८ हजार ४९८ मत, जसपा नेपालले ७ हजार ७३१ मत,नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ८३८ मत,राष्ट्र निर्माण दलले २ हजार १ ७६ मत,राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ५३७ मत र जनमत पार्टीले १ हजार ४७४ मत मात्रै पाएको छ । 

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लामा समानुपातिक तर्फ कांग्रेसले सबै भन्दा बढि ६६ हजार ६७५ मत प्राप्त गरेको थियो । दोश्रो स्थानमा रहेको एमालेले ४२ हजार ९७५ मत , जसपा नेपालले ३८ हजार ४२१ मत पाएको थियो । यस्तै राप्रपाले २० हजार ८७३ .मत , तत्कालिन नेकपा माओवादी केन्द्रले १३ हजार २७४ मत, रास्वपाले ७ हजार ५५१ मत मात्रै पाएको थियो । यसैगरि तत्कालिन नेकपा एकिकृत समाजवादीले ५ हजार ७३१ मत,तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ५ हजार ४३ मत, जनमत पार्टी ३ हजार ९१९ मत पाएको थियो । 

यसैगरि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लामा सामानुपातिक तर्फ जसपा नेपाल  पहिलो दल बनेको थियो । त्यस बेला प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकमा जसपाले सबै भन्दा बढि ५३ हजार ८२१ मत मत पाएको थियो। त्यसबेला दोश्रो स्थानमा रहेको काँग्रेसले ५० हजार ५९२ मत तेश्रो स्थानमा रहेको एमालेले २२ हजार १५६ मत मात्रै पाएको थियो।

२०८२ को निर्वाचनमा समानुपातिकतर्फ पर्साको कुन क्षेत्रमा कुन दलले कति पाए मत ? 

फागुन २१ को निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ रास्वपाले ३४ हजार ४६३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। पर्सा–१ मा समानुपातिक तर्फ नेपाली कांग्रेसलाई पछाडि पार्दै नेकपा एमाले दोस्रो दल बनेको छ। पर्सा–१ मा एमाले ९ हजार २३१ मतका साथ दोस्रो भएको हो । कांग्रेस ८ हजार २६७ मतका साथ तेस्रो भएको छ । यस्तै राप्रपा ३ हजार २४० मतका साथ चौथो र जसपा नेपाल १ हजार ९९ मतका साथ पाँचौ भएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिक तर्फको मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै बाजी मारेको छ। पर्सा–२ मा समानुपातिकतर्फ रास्वपाले ३४ हजार ९१८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। पर्सा–२ मा समानुपातिक तर्फ नेपाली कांग्रेस १० हजार ३४० मतका साथ दोस्रो भएको छ भने नेकपा एमाले ८ हजार ५८५ मतका साथ तेस्रो भएको छ। यस्तै राप्रपा ३ हजार ५०६ मतका साथ चौथो र जसपा नेपाल २ हजार ४५० मतका साथ पाँचौ भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै पहिलो दल बनेको छ । पर्सा–३ मा समानुपातिकतर्फ रास्वपाले २४ हजार १५८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। पर्सा–३ मा समानुपातिक तर्फ नेपाली कांग्रेस ८ हजार ६५० मतका साथ दोस्रो भएको छ भने नेकपा एमाले ६ हजार १६८ मतका साथ तेस्रो भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी १ हजार १९५ मतका साथ चौथोे, राप्रपा ७ सय ७३ मतका पाँचौ , जनमत पार्टी ५ सय ७५ मतका साथ छैठौं , राष्ट्र निर्माण दल ४ सय ६१ मतका साथ सातौं र जसपा नेपाल १ सय ७९ मतका साथ आठौं भएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै पहिलो स्थाान हासिल गरेको छ । पर्सा–४ मा समानुपातिकतर्फ रास्वपाले ३० हजार ३८९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । पर्सा–४ मा समानुपातिक तर्फ नेपाली कांग्रेस ११ हजार ५१२ मतका साथ दोस्रो भएको छ भने नेकपा एमाले ९ हजार ९३५ मतका साथ तेस्रो भएको छ । यस्तै जसपा नेपाल ४ हजार ३ मतका साथ चौथो, नेपाली कम्युनिष्ट पार्टी २ हजार ४९ मतका साथ पाँचौ, राप्रपा ९ सय ९३ मतका छैठौं , राष्ट्रिय परिवर्तन पार्टी ९ सय १२ मतका साथ सातौं , जनमत पार्टी २ सय ४४ मतका साथ आठौं , नेपाल जनता पार्टी २३१ मतका साथ नवौं  र श्रम संस्कृति पार्टी २ सय ३  मतका साथ दशौं भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.