सङ्खुवासभामा एमाले अग्रता कायमै
सङ्खुवासभा : प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार डा.अर्जुन कार्कीले अग्रता कायमै राखेका छन् । ९ हजार ४९८ मत गणना हुँदा एमालेका कार्कीले तीन हजार ३३६ मत पाएका छन् ।
रास्वपाका उम्मेदवार मिङ्मा शेर्पाले दुई हजार ४८८ मत ल्याई कार्कीलाई पछ्याइ रहेका छन् । सुरु देखि नै कार्कीले अग्रता कायम गरीरहेका छन् ।
नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ दुई हजार ६५ मत सहित तेस्रो स्थापनमा छन् । त्यस्तै श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले एक हजार ६६ मत पाइन् । जिल्लाको १० स्थानीय तहमध्ये मादि नगरपालिकाको मतगणनासकिएको छ। धर्मदेवि नगरपालिकाको मतगणना अन्तिम चरणमा छ । यहाँ ६२ हजार ९३७ मत खसेको थियो । शनिबार दिउँसो १ बजे बाट सुरुभएको मतगणनामा हाल सम्म ९ हजार ४९८ मत मात्रै गणना भएको छ । अझै ५३ हजार ४४५ मत गन्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस !