पतञ्जलि महर्षिले दिएको ज्ञान,
संसारै फैलियो मेरा बाबा संसारै फैलियो।
योग र ध्यानले मानिस चोला,
योगको धारा’नि बगाउँदै नेपाल,
हामीले सजाउने मेरा बाबा हामीले सजाउने।
जनजनमा देखिने रोगका जड,
यी सबै हटाउने मेरा बाबा यी सबै हटाउने।
योगले शरीरमा अमृत भर्छ,
पिउनु यसलाई मेरा बाबा पिउनु यसलाई।
योगी जन उठी नि बनाउँ,
रोगमुक्त देशलाई मेरा बाबा रोगमुक्त देशलाई।
प्राणको रक्षा नि नगरेसम्म,
शरीर चल्दैन मेरा बाबा शरीर चल्दैन।
बर्तन बिना’नि जलाउँदा दीप,
अवश्य जल्दैन मेरा बाबा अवश्य जल्दैन।
यी अष्टचक्र’नि नजगाइकन,
प्राणायाम हुँदैन मेरा बाबा प्राणायाम हुँदैन।
प्राणायाम आसन’नि नित्य गरे,
अकालले छुँदैन मेरा बाबा अकालले छुँदैन।
प्रतिक्रिया दिनुहोस !