घाँटीमा मासुको चोक्टा अड्किएर डोटीमा एक जनाको मृत्यु
डोटी : डोटीको आदर्श गाउँपालिकामा मासुको चोक्टा घाँटीमा अड्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नम्बर ७ दहकालिका बस्ने ५० वर्षीय काले नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार राति घरमा खाना खाने क्रममा अचानक मासुको चोक्टा घाँटीमा अड्किएर नेपाली बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !