माँ शक्ति !
उग्रतारा भगवती मन्दिरैभरि
मेलाको रमझम मेरा बाबा मेलाको रमझम।
देहिजात नामले प्रसिद्ध देवी
रातैमा लाग्ने नि रतैली मेला
दिउँसो देउसोडी मेरा बाबा दिउँसो देउसोडी।
सुन्दर डाँडामा अवस्थित मन्दिर
माँ शक्ति पीठ नि मेरा बाबा माँ शक्ति पीठ नि।
उग्रतारा माताको दर्शन गरे
फल प्राप्त छिटो नि मेरा बाबा फल प्राप्त छिटो नि।
जन र विश्वास बढेर गयो
शरीरको रक्षा भो मेरा बाबा शरीरको रक्षा भो।
सुख शान्ति छायो नि परिवार जनमा
समाजै सच्चा भो मेरा बाबा समाजै सच्चा भो।
प्रतिक्रिया दिनुहोस !