फेरि खुल्यो विवादास्पद व्यवसायी भट्टको फाइल

फेरि खुल्यो विवादास्पद व्यवसायी भट्टको फाइल
सुन्नुहोस्

काठमाडौं : सरकारले विवादास्पद व्यवसायी दीपक भट्टमाथि पुनः छानबिन थालेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा उनीमाथि अनुसन्धान सुरु गरिएको हो। उनलाई गृह मन्त्रालयले कालोसूचीमा राख्ने निर्णयसमेत गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा गृह मन्त्रालयले भट्टलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले भट्टको विवरण कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरिसकेको छ। अध्यागमन विभागले भट्टको सम्पूर्ण विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पठाएको छ। यससँगै उनको राहदानीसमेत कालोसूचीमा परेको छ। 

स्रोतका अनुसार भट्टको नाम कालोसूचीमा राख्ने निर्णयसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपालका कुनै पनि अध्यागमन नाकाबाट सहजै आवात–जावत गर्न पाउने छैनन्। उनी झन्डै दुई साताअघि मात्र काठमाडौं फर्किएका थिए। जगदम्बा स्टिल्स प्रालिबाट व्यवसायी दीपक भट्टको व्यक्तिगत खातामा ४५ करोड रुपैयाँ शंकास्पद रूपमा जम्मा भएको खुलासा यसअघि नै ‘अन्नपूर्ण पोस्ट्’ले गरेको थियो। २०७७ सालमा भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी ३ करोड रुपैयाँ मात्र थियो। 

तर, डेढ वर्षको अन्तरालमा उक्त पुँजी ४८ करोड पुगेको देखिएको थियो, जसमा ४५ करोड रुपैयाँ जगदम्बा स्टिलबाट आएको पाइएको थियो। १८ महिना अघिदेखि विभिन्न पटक गरी ठूलो परिमाणमा भएको यो ‘एकतर्फी ट्रान्जेक्सन’ बारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थाले पनि बीचमा रोकिएको थियो। null

सन् २०२१ जुन २७ मा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ट्रान्जेक्सन रेफर नम्बर ००१०डब्लूएनडी २११७६००१९ बाट भट्टको खातामा जगदम्बा स्टिल्स प्रालिबाट १५ करोड रुपैयाँ भुक्तानी भएको पाइएको छ। भोलिपल्ट जुन २८ मा रेफर नम्बर ००१०डब्लूएसडी२११७९०००३ बाट जम्मा गरिएको १४ करोड रुपैयाँ भने तुरुन्तै फिर्ता भएको देखिन्छ। 

पुनः जुन २९ मा रेफर नम्बर ००१०डब्लूएसडी२११८०००१८ बाट अर्को कारोबार भयो। अर्थात्, अघिल्लो दिन जम्मा हुन नसकेको १४ करोड रुपैयाँ त्यसदिन भट्टको खातामा दाखिला भयो। त्यसको भोलिपल्ट जुन ३० मा जगदम्बाबाट भट्टको खातामा पुनः १६ करोड रुपैयाँ जम्मा भयो।

चार दिनभित्र ४५ करोड रुपैयाँ एउटा व्यापारिक घरानाले व्यक्तिका नाममा किन उपलब्ध गरायो ? यो विषयमा थालिएको छानबिन बीचमै रोकिएको थियो। हिमालयन रि–इन्स्योरेन्स कम्पनी स्थापनाको ‘सेटिङ’मा पनि भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए। त्यसबापत उनका दुई कम्पनी इन्फिनिटी होल्डिङ्स र एलाइड कन्टिनेन्टलले आकर्षक सेयर पाएका थिए। यसरी हिमालयन रि–इन्स्योरेन्स र इन्फिनिटी होल्डिङ्सबीचको करोडौंको कारोबार पनि शंकास्पद देखिएको छ।

भट्ट राजनीतिक शक्ति अभ्यास गर्ने व्यवसायी हुन्। ठूला राजनीतिक दल, फेरिइरहने प्रधानमन्त्री र अर्थमन्त्रीसम्म उनको सहज पहुँच हुने गरेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनले सुमधुर सम्बन्ध बनाएका थिए। ठूलो व्यापारिक घराना शंकर ग्रुपसँग मिलेर उनले राजनीतिक पहुँचकै आधारमा शक्ति केन्द्रबाट लाभ लिँदै आएका थिए। कतिपय कम्पनीमा भट्ट शंकर ग्रुपको अग्रवाल परिवारका साझेदारसमेत हुन्।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा भएको ‘कर हेरफेर’ प्रकरणमा पनि उनको संलग्नता रहेको चर्चा थियो। बजेट प्रस्तुत हुनुपूर्व भारतीय व्यापारी उपेन्द्र हेरवत र पूर्व नासु रघुनाथ घिमिरेमार्फत करका दर हेरफेर गराउन उनले भूमिका खेलेको आरोप लागेको थियो।
सम्पत्ति शुद्धीकरणको कसुरमा भट्टमाथि पहिलेदेखि नै छानबिन हुँदै आएको भए पनि विगतमा अनुसन्धान तामेलीमा राख्ने काम हुन्थ्यो। पछिल्लो समय ‘जेन–जी’ अगुवाहरूले भट्टमाथि अनुसन्धान र कारबाहीको माग गर्दै उजुरी दिएका थिए। उनीमाथि राष्ट्र बैंकले पनि अनुसन्धान गरिरहेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.