भारतीय यात्रुलाई हैरानी दिने २४ जना नियन्त्रणमा

भारतीय यात्रुलाई हैरानी दिने २४ जना नियन्त्रणमा
सुन्नुहोस्

झापा : पूर्वी नाका झापाको काँकडभिट्टामा यात्रुलाई हैरानी दिने २४ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थित मेची भन्सार कार्यालय, बसपार्क तथा बजार क्षेत्रबाट उनीहरूलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

आज बिहान करिब साढे ८ बजेको समयमा छिमेकी राष्ट्र भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गर्ने यात्रुहरूलाई काँकडभिट्टा बजार क्षेत्र लगायत अन्य स्थानमा रहेका होटेल, अस्पताल तथा धार्मिक स्थलसम्म पुर्‍याइदिने भन्दै तानातान गर्ने तथा दुःख दिने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

नियन्त्रणमा लिएका उनीहरूलाई आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा तारिखमा छाडने तयारी भइरहेको उनले बताए । प्रहरीले भारतबाट आउने यात्रुहरूलाई अनावश्यक हैरानी दिने यस्ता गतिविधि नियन्त्रणका लागि सीमा नाकामा निगरानी बढाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.