बहुमूल्य–साननानी !

कविता

बहुमूल्य–साननानी !
सुन्नुहोस्


 ​जीवनका प्रतिध्वनित बेजोड अनुनादहरू
तिमीभित्रै छन्, जहाँ मुस्कानका

सूक्ष्म कम्पनहरूले रक्तिम बिहानीको
क्षितिजलाई मुसार्छन्
हिमालहरू आफ्नै उचाइको अहम्मा
अचानक पुड्का लाग्न थाल्छन्
त्यसबखत आफ्नै अस्तित्वको
अँध्यारो छायाँ–भित्तामा किन बारम्बार ठोक्किएर
क्षत–विक्षत हुन्छौ साननानी ? 

 ​सपनाका तानमा बुनेका ती रेशमी जालहरूमा
    ओसका दाना झैं झुन्डिएका
    कयौं आशाहरू शून्य चेतनाको गर्भमा
    विलीन हुने नियति बोकेर बाँचिरहेछौं साननानी ।

समय स्वयं अर्धनिद्रामा लठ्ठिएको बेला
तिमी कुन आबेगको आगो बनेर बलिरहन्छौ ?
नौलो हुटहुटीमा अस्तित्वलाई खरानी बनाउँदै
अन्तरमनको यो नीलो रंगशालामा
निस्सासिएका ताराहरू अझै छटपटाइरहे झैं
मौनताको ओत लागेर खासमा
आफैंलाई सुम्सुम्याउने प्रतीक्षामा साननानी ।
  

 प्रश्नका चाङभित्र उत्तरको मृगतृष्णा बोकेर
    तिमी त एउटा अनन्त र अविराम यात्रामा छौ
    जहाँ तिर्खाएको आँतभित्र सत्यको गोरेटोमा
    तिमी पुनः आफैंतिरै मोडिन विवश भयौ
    जहाँ लाली नलाएको ओठको कम्पनमा
    समेटिएको गुलाबी मुस्कान झैं
    गमक्क फुलेका फूलजस्तै सुग्घर
    शुभ्र कलशमाथि बालिएको अखण्ड ज्योतिको
    प्रकाशमा खज्मजिएको सम्भोगको आनन्द
    गर्भाधानको विस्मय तथा स्तनपानको आत्मीय
    अनुभूतिहरू कोर्दै, अन्तरमनको जीवन तरंग
    सुसेलीहरूसित अल्हादित पलहरू समेट्न
    ऊर्जा थपेर यत्रतत्र पोखिएको
    बहुमूल्य विचार चिन्तन हौ– साननानी ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.