वार्ता र धम्की : अमेरिका–इरानबीचको परस्परविरोधी अभिव्यक्तिको संकेत के ?
अमेरिका : अमेरिका र इरानबीचको वार्ता र धम्कीका अभिव्यक्तिहरुले विश्वलाई भ्रम र अन्योलमा पारेको छ । अमेरिका र इरानबाट पछिल्लो केहि घण्टाभित्र आएका परस्पर विरोधी अभिव्यक्तिहरूका कारण अलमल मात्र सिर्जना गरेको छैन वास्तविकता के हो भने बुझ्न निकै कठिन बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै विभिन्न प्रकारका अभिव्यक्तिहरू दिए र वार्तामा प्रगति भएकोमा सकारात्मक संकेत देखाए । उनले इरानले युरेनियम सम्वर्धन नगर्ने र उच्चस्तरमा सम्वर्धित युरेनियम भण्डारण त्याग्न सहमति जनाएको बताएका थिए ।
तर उनका यी दाबीहरूलाई इरानको संसदका सभामुख मोहमद बाघेर घालिबाफले अस्वीकार गरे । उनले ट्रम्पले एक घण्टामा गरेका सात दाबी सबै गलत भएको बताए । तर इरानको तर्फबाट पनि अवस्था पूर्णरूपमा स्पष्ट छैन ।
विदेश मन्त्री अब्बास अराघाचीले सुरुमा होर्मुज जलडमरूमध्य पूर्णरूपमा खुला भएको बताएका थिए । पछि इरानले स्पष्ट गर्यो कि तेल ट्यांकर र जहाजहरू केवल इरानले तोकेको र नियन्त्रण गरेको मार्गबाट मात्र जान सक्ने छन् । त्यसपछि इरानको सेनाले, सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै, होर्मुज जलडमरूमध्यमा फेरि आफ्नो नियन्त्रण स्थापना गरिरहेको जनाएको छ ।
होर्मुज खुला छ कि बन्द ?
फार्स न्यूज एजेन्सी, जुन इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित छ । साथै इरानियन स्टुडेन्ट्स न्यूज एजेन्सी र सरकारी प्रसारकले इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सको भनाइ उद्धृत गर्दै होर्मुजलाई ‘पहिलेकै अवस्थामा’ फर्काइने र सशस्त्र बलहरूले यस क्षेत्रलाई नियन्त्रण गर्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !