बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
काभ्रे : बीपी राजमार्गमा यातायात बन्द भएको छ। कटुन्जे–मङ्गलटार सडकखण्डमा पर्ने घुमाउनेसहित विभिन्न स्थानका डाइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
अहिले सडक मर्मत तथा पुनःनिर्माणको काम आवश्यक भएकाले यातायात सुचारु हुन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। सडकको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि १०० र १०३ नम्बरमा सम्पर्क गरेर मात्र यात्रा गर्न ट्राफिक प्रहरी हवलदार पवन अवस्थीले अनुरोध गरे । आवागन बन्द भएपछि पूर्व जाने सवारी साधन धुलिखेलबाट रोकिनुका साथै जाममा परेका छन्।
प्रतिक्रिया दिनुहोस !