पठनपाठनमा असर परेको भन्दै पाख्रिवासमा नयाँ भर्ना अभियान सुरु

पठनपाठनमा असर परेको भन्दै पाख्रिवासमा नयाँ भर्ना अभियान सुरु
सांकेतिक तस्बिर
सुन्नुहोस्

धनकुटा : पाख्रिवास नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गरेका छन् । केन्द्र सरकारले तोकेको समयअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्दा पाठ्यक्रमले निर्धारण गरेको पाठ्यभार पूरा गर्न कठिन हुने देखिएपछि नगरपालिकाले वैकल्पिक समयतालिका तय गरी सर्कुलर जारी गरेपछि विद्यालयहरूले भर्ना अभियान सुरु गरेका हुन् ।

गत वैशाख ३ गते नगर प्रमुख ज्ञानबहादुर गुरुङको अध्यक्षतामा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक÷प्रिन्सिपल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको संयुक्त बैठकले वैकल्पिक समयतालिका तय गरेको थियो । बैठकबाट प्राप्त सुझावका आधारमा विद्यार्थी भर्ना अभियान वैशाख ४ गतेदेखि सुरु गर्ने र वैशाख १५ गतेदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख गुरुङले जानकारी दिए ।

उनका अनुसार शिक्षक, अभिभावक र विद्यार्थी सबैको सुझावअनुसार वैकल्पिक समयतालिका लागू गरिएको हो । शिक्षा समितिको निर्णय कार्यान्वयनका लागि नगर क्षेत्रभित्रका सबै विद्यालयहरूमा सर्कुलर पठाइएको मनोज भट्टराईले बताए । नगरपालिकाको सर्कुलरअनुसार अहिले अधिकांश विद्यालयहरूले भर्ना अभियान सुरु गरिसकेका छन् । पाख्रिवास नगरपालिका–६ फलाटेस्थित अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र राईका अनुसार सर्कुलरअनुसार भर्ना अभियान सुरु भइसकेको छ र वैशाख १५ गतेदेखि नियमित पठनपाठन पनि सुरु गरिनेछ । विद्यालयमा पाठ्यपुस्तक समेत आइसकेको उनले बताए ।

हाल पाख्रिवास नगरपालिका क्षेत्रभित्र ३२ वटा सामुदायिक र ४ वटा संस्थागत गरी कुल ३६ वटा विद्यालय सञ्चालनमा रहेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा २०८३ सालको शैक्षिक सत्रको भर्ना अभियान वैशाख १५ गतेबाट सुरु गरी वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको थियो । उक्त निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले समेत परिपत्र जारी गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.