पाल्पामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

तानसेन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका -३ भुवनपोखरी झिरवासमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरका सहचालक वर्ष २३ का सोही गाउँपालिका-४ छहराका विशाल राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटनामा घाइते भएका उनलाई स्थानीयवासीले उद्धार गरी मिसन अस्पताल तानसेन पठाएका थिए। उनको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक रहे नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.