बीपी राजमार्गमा राति गाडी चलाउन रोक

बीपी राजमार्गमा राति गाडी चलाउन रोक

काभ्रे : लगातारको वर्षा तथा बिपदको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । समितिको बैठकले आज साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि उक्त निर्णय लागू गर्ने जनाएको हो ।

nullजिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने, सडक भासिने तथा डाइभर्सन बग्ने जस्ता जोखिम बढ्दै गएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो । विशेष गरी साँझपछिको समयमा जोखिम झनै बढ्ने भएकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको उनले स्पष्ट पारे ।

nullपछिल्लो समय बीपी राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरूमा लगातार वर्षाका कारण सडक अवरुद्ध हुने, साना–ठूला पहिरो खस्ने तथा यात्रा असुरक्षित हुने अवस्था देखिएको छ । सम्बन्धित निकायले सडक मर्मत तथा अवरोध हटाउने काम गरिरहेको भए पनि मौसम प्रतिकूल रहँदा पूर्ण रूपमा जोखिम न्यूनीकरण हुन नसकेको जनाइएको छ ।

null

यसैबीच, बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सूचना लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनील धाजूले नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।
स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका यात्रा नगर्न, मौसमको अवस्था निरन्तर निगरानी गर्न तथा आपतकालीन अवस्था आएमा नजिकको सुरक्षा निकायसँग सम्पर्क गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.