अपरेशन सिन्दूर : आफ्ना नागरिकको रक्षा गर्ने भारतको दृढ संकल्पको एक प्रतीक

विशेष आलेख

अपरेशन सिन्दूर : आफ्ना नागरिकको रक्षा गर्ने भारतको दृढ संकल्पको एक प्रतीक

पहलगाममा नेपाली नागरिकसहित निर्दोष सर्वसाधारणको हत्या भएपछि सुरु गरिएको ‘अप्रेसन सिन्दूर’ आतंकवादविरुद्ध भारतको कडा र निर्णायक जवाफको प्रतीक हो ।

पहलगाममा भएको क्रूर आतंकवादी हमला, जसमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना सर्वसाधारणको हत्या भएको थियो, त्यसको प्रतिक्रियास्वरूप भारतले एक वर्षअघि ७ मे २०२५ मा ‘अप्रेसन सिन्दूर’ सुरु गरेको थियो। यो आक्रमण पाकिस्तान समर्थित र संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित आतंकवादी समूह लस्कर–ए–तैयबाको प्रोक्सी संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले गराएको थियो।

आफ्ना परिवारका सदस्यहरूकै अगाडि धर्मका आधारमा निर्दोष सर्वसाधारणलाई अत्यन्तै नजिकबाट (पोइन्ट ब्ल्यांक रेन्ज) गोली हानी गरिएको हत्याले सम्पूर्ण विश्वलाई नै स्तब्ध पारेको थियो। यस घटनाले सीमापार आतंकवादको संरचनालाई ध्वस्त पार्नु अत्यन्त आवश्यक रहेको कुरालाई पुनः पुष्टि गर्‍यो। तसर्थ, अप्रेसन सिन्दूरले पाकिस्तान र पाकिस्तान प्रशासित जम्मू–कश्मीरमा रहेका आतंकवादी संरचना र केन्द्रहरूलाई निसाना बनायो र तिनीहरूलाई पूर्णरूपमा ध्वस्त पारिदियो। यो अप्रेसन आतंकवादका अति दुष्ट शक्तिहरूविरुद्ध आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्ने भारतको दृढ संकल्पको एउटा जीवन्त प्रमाण हो। भारत एकजुट भयो र आतंकवादविरुद्ध एक निर्णायक अडान प्रस्तुत गर्दै उद्देश्य र एकताका साथ यसको कडा जवाफ दियो।null

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आतंकवादी हमला गर्ने र सर्वसाधारणलाई निसाना बनाउनेहरूलाई जवाफदेही बनाउन सम्पूर्ण राष्ट्र एकजुट भयो। भारतीय सशस्त्र बलले ७ मे २०२५ को बिहान सबेरै पाकिस्तान र पाकिस्तान प्रशासित जम्मू–कश्मीरमा रहेका ९ वटा आतंकवादी शिविरहरूमा लक्षित र सटिक आक्रमण गरेको थियो। अन्तर्राष्ट्रिय रूपमा र धेरै देशहरूद्वारा प्रतिबन्धित लस्कर–ए–तैयबा र हिजबुल मुजाहिद्दीनजस्ता आतंकवादी संगठनका केन्द्रहरूलाई ध्वस्त पारियो र आईसी–८१४ विमान अपहरण तथा पुलवामा आतंकवादी हमलासँग जोडिएकाहरूसहित करिब १०० आतंकवादीहरू मारिए।

त्यसपछिका केही दिनहरूमा पाकिस्तानी सेनाले हाम्रा सर्वसाधारण नागरिक र धार्मिक स्थलहरूमाथि आक्रमण गर्ने प्रयास गर्‍यो। भारतीय सशस्त्र बलले संयमित र सटिक व्यावसायिकताका साथ पाकिस्तानका सैन्य अड्डाहरूलाई निसाना बनाउँदै कडा जवाफ दियो। केही दिनभित्रै भारतीय सशस्त्र बलले ११ वटा हवाई अड्डा (एयरबेस) र सर्भिलेन्स राडारहरूसहित पाकिस्तानका कैयौं सैन्य स्थलहरूमाथि प्रहार गरी तिनलाई सञ्चालनका लागि अयोग्य बनाइदिएका थिए। उनीहरूले हाम्रा सर्वसाधारण क्षेत्रहरूलाई निसाना बनाउन ड्रोन र मानवरहित एरियल भेहिकलबाट गरिएका अनेकौं प्रयासहरूलाई पनि सफलतापूर्वक विफल पारिदिए। हाम्रा सशस्त्र बलका सबै शाखाहरूद्वारा गरिएको सटिक, समन्वयकारी र संयुक्त कारबाहीले पाकिस्तानलाई युद्धविरामका लागि अनुरोध गर्ने स्थितिमा पुर्‍यायो र भारत पनि यसमा सहमत भयो। अप्रेसन सिन्दूरको सुरुवातदेखि नै हाम्रो उद्देश्य केवल आतंकवादी संरचनाहरूलाई निसाना बनाउनु मात्र थियो।

एस–४०० जस्ता उन्नत प्लेटफर्महरूको सहयोगमा ‘आकाश’ जस्ता स्वदेशी प्रणालीहरूले भारतको हवाई प्रतिरक्षा तयारीलाई अझ सुदृढ बनाउन सफल भए। 

‘आत्मनिर्भर भारत’ पनि यस अप्रेसनमा सँगसँगै देखा पर्‍यो। हाम्रो सशस्त्र बलले हाम्रा सार्वजनिक र निजी क्षेत्रद्वारा स्वदेशमै विकास गरिएका विभिन्न हतियार प्रणालीहरूको प्रयोग गर्‍यो। यी प्रणालीहरूले हाम्रा सम्पत्ति र नागरिक क्षेत्रहरूमा लक्षित गरिएका ड्रोनहरूलाई सफलतापूर्वक बीचैमा रोकेर सुरक्षा प्रदान गर्नुका साथै पाकिस्तानमा रहेका हवाई अड्डाहरूलाई निष्क्रिय पार्नसमेत मद्दत गरे। अप्रेसन सिन्दूरले भारतको रक्षा क्षमताको विकासलाई अतुलनीय सटिकता, विभिन्न सेवाहरूबीचको निर्बाध संयुक्तता र गहिरो सामञ्जस्यताका साथै आत्मनिर्भरतातर्फको निरन्तर प्रगतिलाई प्रदर्शन गरेको छ। यसले उत्थानशीलतालाई सुदृढ गर्दै स्वदेशी क्षमताको अभिवृद्धिमा समेत जोड दिएको छ। एस–४०० जस्ता उन्नत प्लेटफर्महरूको सहयोगमा ‘आकाश’ जस्ता स्वदेशी प्रणालीहरूले भारतको हवाई प्रतिरक्षा तयारीलाई अझ सुदृढ बनाउन सफल भए। 

यस अप्रेसनले आधुनिक युद्ध क्षमता, प्रविधिगत समायोजन र सेना, नौसेना र वायुसेनाबीचको संयुक्त परिचालन योजनाको प्रभावकारितालाई प्रदर्शन गर्‍यो । रणनीतिक अप्रेसनलाई सहयोग पुर्‍याउन इसरोले १० वटा स्याटेलाइटहरू चौबीसै घण्टा सञ्चालन गर्‍यो भने भारतीय स्टार्टअपहरू नयाँ युगको युद्धमा शक्ति अभिवर्धकका रूपमा उभिए। अप्रेसन सिन्दूर केवल सैन्य सफलता मात्र नभई आतंकवादविरुद्ध एकताबद्ध राष्ट्रको शक्तिको प्रतिबिम्ब पनि थियो। अप्रेसन सिन्दूरले पाकिस्तानबाट उत्पन्न सीमापार आतंकवादको सामना गर्ने भारतको रणनीतिमा महत्वपूर्ण परिवर्तनको संकेत गर्‍यो । पाकिस्तानले आतंकवादलाई समर्थन गर्न संरक्षणका रूपमा प्रयोग गर्दै आएको आणविक धम्कीको रणनीतिलाई पहिलोपटक चुनौती दिइयो। साथै, पाकिस्तानले आतंकवादलाई साधनका रूपमा प्रयोग गरिरहे त्यसको मूल्य चुकाउनुपर्नेछ भन्ने सन्देश भारतले दृढतापूर्वक व्यक्त गर्‍यो ।

१२ मे २०२५ मा सैन्य कारबाही स्थगन भएपछि प्रधानमन्त्री मोदीले उल्लेख गरेझैं अप्रेसन सिन्दूरले भविष्यमा भारतले आतंकवादलाई कसरी सामना गर्नेछ भन्ने सन्दर्भमा तीनवटा मुख्य रणनीतिकसिद्धान्तहरूमाथि संकेत गर्‍यो । पहिलो, यसले आतंकवादविरुद्ध भारतले नयाँ मानक स्थापना गर्‍यो । यदि, भारतमाथि कुनै आतंकवादी आक्रमण हुन्छ भने भारतले आफ्नै सर्तहरूमा उपयुक्त जवाफ दिनेछ र आतंकवाद उत्पन्न हुने त्यस्ता प्रत्येक स्थानमा कडा कारबाही गर्नेछ।

दोस्रो, भारतले अबदेखि कुनै पनि ‘न्युक्लियर ब्ल्याकमेल’लाई सहने छैन र आतंकवादी अखडाहरूमा सटिक एवं निर्णायक प्रहार गर्नेछ। र तेस्रो, भारतले आतंकवादलाई प्रायोजन गर्ने सरकार र आतंकवादका मुख्य योजनाकारबीच कुनै भिन्नता राख्ने छैन।

पहलगाममा भएको एक नेपाली युवाको दुःखद मृत्युले पाकिस्तानबाट उत्पन्न हुने आतंकवादले हाम्रो सम्पूर्ण क्षेत्रलाई नै प्रभावित पार्दछ भन्ने कुरा देखाएको छ। हामीले सुरु गरेको अप्रेसन सिन्दूरले एक वर्ष पूरा गर्दै गर्दा, यो आतंकवाद र यसका समर्थकहरूलाई परास्त गर्ने भारतको निरन्तर संकल्प र साझा उद्देश्यको एक उच्च प्रतीकका रूपमा खडा छ। यसले हामी सबैलाई यस क्षेत्रमा रहेका यस्ता अन्धकारमय शक्तिहरूविरुद्ध एकजुट भएर उभिनका लागि स्मरण गराउने कार्य पनि गर्नुपर्छ।

-(लेखक : नेपालका लागि भारतका राजदूत हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.