एउटा अमृत अवसर !

एउटा अमृत अवसर !
सुन्नुहोस्

आदित्यबार। आदित्य – रवि। अमृत अवसर यो – त्यो सदाबहार। सबका लागि विश्वभरि सतचित निराकारमय वसन्ततिलक छन्दोहार !

अमृत जयन्तीका उद्गार–नेपाली शिक्षा परिषद्को !
अपराह्न ३ बजे। तिरिङ मिरिङ – तिरिङ मिरिङ। दूरभाष संयन्त्र ध्वनित हुन्छ....! श्रवणेन्द्रीयमा। नमस्कार ! रमा शर्मा बोल्दैछु !

स्वरैले चिनिहालें। नेपाली शिक्षा परिषदका अजय–अथक स्वरगुञ्जन्। आकलझुकल किरण थापाज्यूका स्वर सुन्ने मुहूर्त पाउँछु ! अतीतलाई झल्काई !

९१ वर्षे जीवन–यौवन आनन्दमय अनुरागका अनुभूति श्रध्दा–सुमन पुष्पाञ्जलि ! तन्नेरी उत्साहका सारेगम–पधनिसा। उमंग तरणा हजुरहरू सबै परिवारप्रति समर्पण प्रणाम ! सौभाग्यको मुहूर्त ठाने–माने। अन्तर चेतदेखि !

ग्रहणशील चेतनापुञ्ज मान्यम्वर– मित्रवरको है। उदार चरित्रानामतु वसुधैव कुटुम्बकम् ! भन्न मन पराएँ ! स्वीकार्य नहुँदो छैन बरि। हुने संकै छैन कुनै। जय मंगल मूत्र्यै नम: । सूर्यविनायक गणेश मन्दिरको पाद पथमा निष्ठापूर्वक बासस्थान बनाएको– निष्ठाछें–निष्ठाका घरमा आश्रय पाएछु !

नेपाली शिक्षा परिषद् नामले स्वनामधन्य। नेपाली वाङ्मयकै माध्यमबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने अवसर जुराउने मूल उद्देश्यले स्थापित ! ‘असीम’ गुरुका असीमित अनुकम्पा वाङ्मय नेपाली राष्ट्रभाषा प्रतिका सीमाहीन क्षितिज। जतिनै उडान भरेनि नपुगिने– नभरिने महिमा ! गान यात्रा ! उत्सर्ग अनन्त यात्राहरूका ! मानिस बनेर मानिस हुनुको उत्सर्गमय उत्कर्ष ! याचनामय उत्कर्षवान् उत्सर्ग गान मधुरिमा बारम्बार प्रणाम ! गाइरहूँ लाग्छ उत्कर्षमूलक नेपाली भाषा अनुराग गान।

नेपाली भाषाले नेपालको वाङ्मय बोली विश्वभर भर्दैछ फड्को ! अबेर हुँदो हो हुँदैन अँधेर। रीत यस्तै छ ! संसारकै परस्परा निरन्तर महान् ! त्याग, बलिदान, समर्पण यिनै हुन् महान् कुर्वान आस्थामय बलिदान ! तपस्या जीवनको निस्वार्थ महान् ! नेपाली शिक्षा परिपद्को आँगन व्यापक धाम ! धाम घाम – घाम धाम। घामको धाम जीवनकै चहक पूर्ण शान ! जान नजान– होइन यो एकल अनुमान ! शाश्वत सत्य–नित्य–परमधाम !

अमृत अवसर यो – त्यो सदाबहार। सबका लागि विश्वभरि सतचित निराकारमय बसन्ततिलक छन्दोहार ! पुर्खाले वार्षिक छन्दोहारभित्र त्यसै समाहित गरेनथे होलान् बसन्ततिलका वार्णिक छन्द...! यसले मधुर संगीतमय ध्वनि गुञ्जाउँछ श्रवणेन्द्रियभरि ! गुरुदेव महाकवि देवकोटाले तरंग्याउनु भएथ्यो–नशानदीका तरन–तरंग:  मन्दिर आफू अपार ! लाग्न थाल्छ नेपाली–शिक्षा परिषद्– मन्दिर–आफैं अपार। अपारको अर्थ अपारै लाग्छ। पार गर्न सकिने असीम’। त्यसैले गोपाल ‘असीम’ रहे– नेपाली शिक्षा परिषद माध्यम् !

‘अमृत अवसर’ २०८३ बैशाक २७ आदित्यबार। आदित्य – रवि। रवि:  सूर्य। सूर्य – दिवाकर। दिवाकर – दिनकर। दिनकर जसले अन्धकारलाई जलाई जग उजिल्याउँछ। भोरकालको शीतोष्ण प्रहरको कुइरो लाग्छ रातकालीन अन्धकार जलेर अवरोधका चिनेरी ! हाय राम ! हरे कृष्ण ! गीता गेय। अन्तर मनका सत्चित + आनन्द + सत्चिदानन्द ! अमृत अवसर– नेपाली वाङ्मय साधना केन्द्र शिक्षा परिषद, सोह्रखुट्टे धाम। जीवनकै परमधाम !

६० वर्षगाँठलाई हीरक जयन्ती मान्ने प्रचलन सबै समाजका। ७५ वर्ष अमृत वर्ष स्वसिद्ध महोत्सव प्रमाणित संस्कृतिका पाटो बनेको निर्विवाद सत्य ! अमृत वर्षको मुहूर्तमा अमर अस्तित्वका अन्तर दीप झलमल बाली मान्यम्बर–मित्रवर– महानुभाव बन्धु–बान्धव ! आराध्य प्रणाम !!! जयतु संस्कृति ! जयतुु रमायणम् !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.