छोटी भन्सार कार्यालय पुनर्स्थापना नहुँदा राजस्व संकलनमा समस्या

छोटी भन्सार कार्यालय पुनर्स्थापना नहुँदा राजस्व संकलनमा समस्या
सुन्नुहोस्

परासी : नवलपरासीमा रहेका छोटी भन्सार कार्यालय  पुनर्स्थापना नहुँदा राजस्व संकलन प्रभावित हुँदै आएको छ । पछिल्लो समय सरकारले एक सय रुपैंयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य महसुल कार्यान्वयमा कडाइ गरेपछि मूल भन्सार बाहेकका नाकाबाट भित्रिने सामानको राजस्व संकलनमा समस्या भएको हो ।

द्वन्द्वकालअघि जिल्लामा महेशपुरसहित चार वटा छोटी भन्सार कार्यालय सञ्चालनमा थिए । भारतीय सीमावर्तीका प्रमुख बजारसँग जोडिएका बिस्नुपुरा, भुजहवा र झोलनीपुर (गुठिप्रसौनी) मा छोटी भन्सार कार्यालय थिए । ती कार्यालयमा एक जना खरिदार, मुखिया र दुई जना सिपाही गरी कुल चार जनाको दरबन्दीबाट राजस्व संकलन गरिँदै आइएको थियो । तर, द्वन्द्व चर्किएसँगै केही कार्यालयमा बम विष्फोट गराइएको थियो । 

सुरक्षा चुनौती बढेपछि तीन वटा नाकाबाट भन्सार कार्यालय हटाइएको थियो । हटाइएका कार्यालयहरु अहिलेसम्म  पुनर्स्थापना हुन सकेका छैनन् । जसका कारण नाका हुँदै भित्रिने सवारी साधनको सुविधादेखि अन्य भन्सार महसुल बुझाउन महेशपुर आउनुपर्ने बाध्यता छ । पाल्हीनन्दन गाउँपालिका– ५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्मको २८ कि.मि. जिल्लाको सीमा नाकामा पर्छ ।

अहिले सामानमा कडाइ गरी महसुल लिन थालेपछि नाका हुँदै भित्रिने सामानलाई महेशपुरसम्म ल्याउन सुरक्षाकर्मीलाई समेत सास्ती भइरहेको बताइएको छ । ‘पहिला घर प्रयोगका लागि आउने सामानमा खासै कडाइ थिएन । अहिले एक सयभन्दा बढीका सामानलाई महसुल तिर्नुपर्दा साना सामान ल्याउनेलाई समेत महेशपुर पठाउनु पर्दा समस्या भएको छ’, नाकामा खटिएका एक सशस्त्र प्रहरीले भने । 

सीमा क्षेत्रका अधिकांश स्थानीयसँग भारतीय नम्बर प्लेटका सवारी साधन छन् । सदरमुकामसम्म सुविधामा आउन पाउने व्यवस्था छ । तर सुविधाकै लागि १८-२० किलोमिटर टाढा रहेको महेशपुर जान समस्या भएको भन्दै छोटी भन्सार पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । एकै ठाउँमा भन्सार हुँदा सामान्य सामान ल्याउने स्थानीयलाई पनि महेशपुर पठाउँदा विवाद हुने गरेको र यसले व्यवहारिक कठिनाई उत्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका उपरीक्षक (एसपी) गोबिन्द खातीले बताए । त्यसबारे सम्बन्धित निकायमा जानकारी दिइएको उनको भनाई छ।

उता महेशपुर भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले जनशक्ति अभाव हुँदा अन्य नाकामा निगरानी गर्न समस्या भएको बताए । ‘मुल नाकाबाटै दैनिक ५-७ हजार मानिस आवतजावत गर्ने गरेका छन् । तर जनशक्ति अभावका कारण करिब २० प्रतिशत मात्र जाँच गर्न सकिन्छ । बाँकी छुट्ने गरेका कारण विवाद हुने गरेको छ’, उनले भने । त्यसरी छुट्दा कसैलाई महसुल तिराउने र कसैलाई छाड्ने भन्दै विवाद हुने गरेको उनले बताए । विभिन्न स्थानमा रहेका छोटी भन्सार सञ्चालन गर्दा त्यहाँबाट समेत सामान लैजान पाइने र त्यसले तस्करी बढ्ने सम्भावना रहने भएकाले सरकारले मूल भन्सारलाई नै प्राथमिकता दिएको उपाध्यायको भनाई छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.