सामाजिक सञ्जालमा महिलालाई ब्लाकमेल गरेर आर्थिक लाभ लिने युवा पक्राउ
काठमाडौं : सामाजिक सञ्जालमा महिलालाई ब्लाकमेल गरेर आर्थिक लाभ लिने युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका-११ का २३ वर्षीय समिर तामाङ रहेका छन्।
व्यक्तिगत फोटो भिडियो बाहिर ल्याई दिन्छु भनेर धम्की दिएर आर्थिक लाभ लिएपछि पीडितले उनलाई कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन्।
उनी काठमाडौं महानगरपालिका-१३ कलंकीबाट पक्राउ परेका हुन्। काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान कार्य भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !