संसदमा अमरेश सिंहको असन्तुष्टि : नयाँको नाममा सबै भत्काउने होइन

संसदमा अमरेश सिंहको असन्तुष्टि : नयाँको नाममा सबै भत्काउने होइन
सुन्नुहोस्

काठमाडौं : सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बजेटका प्राथमिकतामाथि छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किँदै असन्तुष्टि जनाएका हुन् । 

उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । पछिल्लो २० वर्षदेखि पहिलो पटक देख्दै छु, अर्थमन्त्री बिनाको छलफल, नयाँको नाममा सबै चीज भत्काउने भए सिंहदरबार, प्रधानमन्त्री, मन्त्री पद पनि भत्काउ ।’

उनले मधेशको भोट लिएर बनेको सरकारले मधेशीलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले भने, ‘मधेशको लागि एउटा प्याकेजको अपेक्षा गरेको थिएँ, यो सरकारमाथि मधेशको अधिकार पनि छ । प्रत्यक्ष र समानुपातिकमा पनि सबैभन्दा बढी भोट मधेशले दिएको छ । मधेश विस्फोटको स्थितिमा छ । त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गर्नुस् । न उसको सत्तामा अनुहार हुन्छ, न नियुक्तिमा, यसरी राज्य चल्दैन ।’ 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.