केन्द्र सरकारको विदा नीति चन्द्रपुर नगरपालिकाले नमान्ने
रौतहट : केन्द्र सरकारको ‘बिदा नीति’ रौतटको चन्द्रपुर नगरपालिकाले नमान्ने भएको छ । चन्द्रपुर नगरपालिकाले अबदेखि विद्यालय र सरकारी कार्यालयको बिदा कटौती गर्ने निर्णय गर्दै सूचना समेत जारी गरेको छ ।
पालिकाले सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित सञ्चालन हुने जनाएको छ । नगर कार्यपालिकाको निर्णय अनुसार यसअघि कायम रहेको अतिरिक्त बिदा हटाउँदै शिक्षण गतिविधि नियमित बनाउने तयारी गरिएको मेयर संजय काफलेले बताए ।
पालिकाले जारी गरेको सूचनामा विद्यालयहरू साविक बमोजिम आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुने उल्लेख गरिएको छ । यस्तै, नगरपालिका कार्यालय, मातहतका स्वास्थ्य संस्था, पशुसेवा तथा कृषि शाखा, वडा कार्यालय र अस्पतालहरू पनि अब आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ । नगर प्रमुख संजयकुमार काफ्लेद्वारा हस्ताक्षरित सूचना अनुसार यो व्यवस्था २०८३ साल जेठ १० गतेदेखि लागू हुने भने पालिकाको यो निर्णयपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !