कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
सुनसरी : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको २०७८ वैशाख १३ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरिएको हो।
उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। प्रहरीले अदालतका बुझाउने तयारीसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस !