आर्थिक बृद्धिदरमा मधेश सबैभन्दा कमजोर

आर्थिक बृद्धिदरमा मधेश सबैभन्दा कमजोर

जनकपुर : चालु आर्थिक वर्ष २०८२/०८३ मा मधेशको अर्थतन्त्र सबैभन्दा कमजोर देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भिक अनुमानमा स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्यको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको सबैभन्दा कमजोर आर्थिक बृद्धिदर मधेशको हुने अनुमान गरिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय धनुषा जनकपुरधामले सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्याङ्कअनुसार सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशको (५.४० प्रतिशत) रहेको छ । त्यसपछिको गण्डकी प्रदेश (५.०१ प्रतिशत) देखिन्छ । त्यसैगरी, सबैभन्दा न्युन वार्षिक वृद्धिदर मधेश प्रदेश (१.३१ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान छ । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा बागमती र गण्डकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदर भन्दा बढी र बाँकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदर भन्दा कम हुने प्रारम्भिक अनुमान रहेको कार्यालयका प्रमुख तथ्यांक अधिकारी शिवनारायण महतोले जानकारी दिए ।

null

चालु आवको प्रदेशिक कूल गार्हस्थ उत्पादनको आर्थिक वृद्धिदर (प्रतिशत) मा कोशी, ३.३१, मधेसः १.३१, बागमती : ५.४०, गण्डकी ः ५.०१, लुम्बिनी : २.८७, कर्णाली : २.९४, सुदूरपश्चिम : ३.३८ र राष्ट्रिय औसत : ३.८५ रहेको छ । आर्थिक वृद्धिदर भनेको अघिल्लो अवधिको तुलनामा प्रदेशको स्थिर मूल्यको कुल गार्हस्थ्य उत्पादन (रियल जीडिपी) मा हुने परिवर्तन हो । प्रदेशको अर्थतन्त्रको अवस्थाको मूल्याङ्कन गर्न यो सूचक प्रयोग गरिन्छ ।
तथ्याङ्क विश्लेषण गर्दा चालु आवमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदर अंक गत आवको तुलनामा सुधार भएको छ ।

कोशीको गत वर्षको वृद्धिदर २.७२ प्रतिशत रहेकोमा अहिले ३.१३ प्रतिशत छ । मधेशको गत वर्ष ४.४३ प्रतिशत रहेकोमा अहिले १.३१ प्रतिशत मात्र भएको छ । यो भनेको गत वर्षको तुलनामा अत्यन्त कम (कमजोर) हो । बागमतीको गत वर्ष ५.२९ प्रतिशत वृद्धि भएकोमा अहिले ५.४० प्रतिशत हाराहारी वृद्धिदर देखिन्छ ।

गण्डकीको गत वर्ष ४.९२ प्रतिशतको वृद्धि भएकोमा अहिले ५.०१ प्रतिशतले अर्थतन्त्र विस्तार भएको देखिन्छ । यसैगरी लुम्बिनीको भने गत वर्ष ४.२७ प्रतिशत रहेकोमा अहिले घटेर २.८७ प्रतिशत मात्र हुने अनुमान रहेको कार्यालय प्रमुख महतोको भनाई छ । सबैभन्दा पिछिडिएको क्षेत्र भनिएको कर्णालीको गत वर्ष ५.२५ प्रतिशतको आर्थिक वृद्धिदर रहेकोमा घटेर हाल २.९४ प्रतिशत कायम भएको छ । सुदूरपश्चिमको गत वर्ष ३.२१ प्रतिशतको वृद्धि रहेकोमा अहिले सामान्य बढेर ३.२८ प्रतिशत भएको अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो बागमती 
तथ्यांक अनुसार चालु आवमा मुलुकको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान बागमतीले गर्नेछ । यस वर्ष राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन (उपभोक्ता मूल्य) मा ६६ खर्ब हुने अनुमान कार्यालयले गरेको छ । यसमध्ये बागमती प्रदेशले मात्र २४ खर्ब २३ अर्ब अर्थात् ३६.७ प्रतिशत हिस्सा ओगट्छ ।
त्यस्तै कोशीले १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनीले ९ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेशले ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकीले ५ खर्ब ९३ अर्ब (९ प्रतिशत), सुदूरपश्चिमले ४ खर्ब ६४ अर्ब (७ प्रतिशत) र कर्णाली प्रदेशको २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) हिस्सा ओगट्ने कार्यालयले जनाएको छ ।

औद्योगिक वर्गीकरणको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/०८२ र २०८२/८३ मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी देखिन्छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तहमा दोश्रो हिस्सा ओगटेको व्यापारले कोशी तथा मधेश प्रदेशमा पनि दोश्रो हिस्सा नै ओगटेको देखिन्छ । त्यसैगरी, बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोवार सेवाको हिस्सा दोश्रो स्थानमा रहेको छ । गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोश्रो स्थानमा छ भने लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोश्रो स्थानमा रहेको छ । अर्कोतर्फ, कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा प्रशासनिक सहयोगी सेवा; मधेश, वागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कृषि, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा वाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक देखिन्छ । आर्थिक वर्ष २०८२/०८३ मा औद्योगिक वर्गीकरणको कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२०.९३ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ । कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर सोही क्रियाकलापको रहने र कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तिय तथा विमा सेवाको रहने प्रारम्भिक अनुमान गरिएको छ ।   

null

चालु आवमा कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ भने वागमती, गण्डकी, कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षाको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा र मधेश प्रदेशमा कृषिको वार्षिक वृद्धिदर ऋणत्मक रहने अनुमान छ ।

मधेशको प्रतिव्यक्ति कमाई ९३४ डलर

चालु आर्थिक वर्ष २०८२/०८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ यूयस डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । मधेश प्रदेशको भने ९३४ यूयस डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१६ यूयस डलर हुने संशोधित अनुमान गरिएको छ भने मधेश प्रदेशको ९४७ यू.यस. डलर हुने संशोधित अनुमान गरिएको छ । डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१/०८२ मा भन्दा आर्थिक वर्ष २०८२/०८३ मा कम हुन गएको अनुमान रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.