देशभर नयाँ सवारी साधनको दर्ता रोक्का

देशभर नयाँ सवारी साधनको दर्ता रोक्का
फाइल फोटो

काठमाडौं : देशभर नयाँ सवारी साधनको दर्ता रोक्का भएको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले देशभर नयाँ सवारी साधनको दर्ता रोक्का गरेको हो ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण वायु प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाई उत्पन्न भएको साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायातमा पर्न गएको असहजता र कठिनाईलाई मध्यनजर गर्दै नयाँ सवारी साधनको दर्ता रोक्का गरिएको जनाइएको छ ।

विभागका निर्देशक मणिराम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू) र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ । विभागले जारी गरेको पत्रमा इन्धनबाट चल्ने मात्र नभई ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारी साधन’ को समेत नयाँ दर्ता रोक्न स्पष्ट निर्देशन दिइएको छ । 

 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.