छेतेन टासीले चौंथो पटक गरे कञ्चनजंघाको सफल आरोहण

कञ्चनजंघा चुचुरोमा फक्ताङलुङ गाउँपालिकाको झण्डा

छेतेन टासीले चौंथो पटक गरे कञ्चनजंघाको सफल आरोहण
सुन्नुहोस्

ओखलढुङ्गा : विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६ मिटर) को शिखरमा पहिलो पटक स्थानीय तहको पहिचानसहित गाउँपालिकाको झण्डा फहराइएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ निवासी साहसी आरोही छेतेन टासी शेर्पाले चौंथो पटक कञ्चनजंघाको सफल आरोहण गर्ने क्रममा चुचुरोमा आफ्नो गाउँपालिकाको झण्डा फहराएका हुन् ।

आफ्नै गृह जिल्ला र गाउँपालिकामा अवस्थित कञ्चनजंघा हिमालको शिखरमा स्थानीय सरकारको प्रतीक बोकेको झण्डा पु¥याएर शेर्पाले हिमाली पहिचान र स्थानीय पर्यटनलाई अन्तर्राष्ट्रियकरण गर्ने नयाँ प्रयास गरेका छन् । विरलै आरोहीहरूले मात्र गर्ने यस्तो चुनौतीपूर्ण कीर्तिमानले नेपालको दिगो पर्यटन र स्थानीय गौरवलाई विश्व मञ्चमा उचाइ दिएको सांसद क्षितिज थेबेले बताए ।

आरोही छेतेन टासी शेर्पाले यसअघि तीन पटक कञ्चनजंघाको सफल आरोहण गरिसकेका छन् । तर, चौंथो पटकको यो आरोहणलाई उनले विशुद्ध स्थानीय पर्यटन प्रवद्र्धनसँग जोडेर आरोहण गरेका छन् । हिमालकै काखमा रहेको फक्ताङलुङ गाउँपालिकाको झण्डा चुचुरोमा फहराइनुले विश्वभरका पर्वतारोहीहरूलाई कञ्चनजंघा क्षेत्र र यहाँको रैथाने पर्यटकीय सम्भावनाप्रति आकर्षित गर्ने विश्वास लिइएको छ ।

छेतेन टासीको यो ऐतिहासिक र साहसिक कदमको चौतर्फी प्रशंसा भइरहेको छ । यसैबीच, ताप्लेजुङका प्रतिनिधि सभा सदस्य क्षितिज थेवेले शेर्पाको यो उपलब्धिलाई नेपाली युवाहरूको आत्मविश्वासको प्रतीक भन्दै प्रशंसा गरे । उनको यो साहस, समर्पण र उपलब्धीले हिमाली क्षेत्रको पहिचान, पर्यटन प्रवद्र्धन तथा नेपाली युवाको आत्मविश्वासलाई अन्तर्राष्ट्रियस्तरमा थप उचाइ दिएको थेबेले बताए । सांसद थेवेले आरोही शेर्पाको साहसले आगामी पुस्तालाई समेत मातृभूमिको पहिचान दिलाउन प्रेरित गर्ने बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.