सार्वजनिक स्थानमा झगडा गर्ने ४ जना पक्राउ

सार्वजनिक स्थानमा झगडा गर्ने ४ जना पक्राउ
सुन्नुहोस्

पोखरा : पोखरा महानगरपालिका-९ नयाँबजारमा झगडा गर्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तनहुँको भानु नगरपालिका-१२ का ३२ वर्षीय विजय अधिकारी, धादिङको त्रिपुरासुन्धरी नगरपालिका-२ घर भएको २२ वर्षीय राजकुमार परियार, स्याङ्जाको पुतलिबजार नगरपालिका-२ का २४ वर्षीय सुजन परियार र पोखरा महानगरपालिका-१३ मियापाटनका २३ वर्षीय निरज आले मगर रहेका छन्। बिहीबार नयाँबजारमा दुई जना व्यक्ति एक आपसमा झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो। 

घटना सम्बन्धमा अनुसन्धान तथा खोजतलास गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले झगडामा संलग्न ४ जनालाई आज पक्राउ गरेको हो। उनीहरू सवारी साधनको हेल्परको काम गर्ने र खाजा खाने विषयमा विवाद भई झगडा गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.