जिल्ला बैठकबाटै लखेटिए रास्वपाका सांसद


रौतहट :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव सिर्जना भएको छ । होहल्लासहित कार्यकर्तादेखि केही प्रतिनिधिसभा सदस्य बैठकस्थलबाटै लखेटिएका छन् ।

शनिबार बारा सदरमुकाम कलैयामा आयोजित बैठकमा  जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए ।  उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो ।

समझदारी नभएपछि आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठकस्थलबाट धक्का दिएर बाहिर निकालेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्रको विवाद थप गहिरिदै गएको छ भने कार्यकर्ता समेत रुष्ट बन्दै गएको छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.