उतारचढावमै सेयर बजार

उतारचढावमै सेयर बजार
सुन्नुहोस्

काठमाडौं : जेठको पहिलो सातामा सेयर बजार उतारचढाबमा रह्यो। यो साता सेयर कारोबार ५ दिनै भयो । ३ दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) घट्यो भने २ दिन बढ्यो। सेयर बजारमा कारोबार भने अघिल्लो साता झैं सुस्त रह्यो।

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७३१.९४ अंकमा बन्द भएको नेप्से यो साता सेयर कारोबारको पहिलो दिन सोमबार सामान्य अंकले घट्यो। त्यस दिन नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा झर्‍यो। त्यसपछि पनि नेप्से घट्न रोकिएन। मंगलबार नेप्से ६.५१ अंकले घट्यो। बुधबार नेप्से उच्च अंकले बढ्यो। त्यस दिन ३०.०८ अंकले बढ्यो। बिहीबार १२.३६ अंकले घट्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार दोहोरो अंकले बढ्यो। त्यस दिन १६.३८ अंकले बढेर नेप्से २७५८.४९ विन्दुमा उक्लियो।

सातामा तीन दिन सेयर घट्दा १९.९० अंकले घट्यो भने दुई दिनमा ४६.४६ अंकले बढेपछि नेप्सेमा २६.५६ अंकले बढोत्तरी भयो। अघिल्लो साता भने नेप्से १३.७० अंकले गिरावट आएको थियो। यस सातामा मंगलबार न्यून विन्दु २७१९.२७ मा र बिहीबार उच्च विन्दु २७६४.१४ अंकसम्ममा नेप्से बढेर सेयर कारोबार भयो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार सबैभन्दा घटी ३ सय ३६ वटाको कारोबार भएको थियो। बिहीबार सबैभन्दा बढी ३ सय ४८ स्क्रिप्टहरूको कारोबार भयो।

यस साता सबैभन्दा कम सोमबार २ अर्ब ४५ करोड ८ लाख र सबैभन्दा बढी शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरीमा ५ दिन कारोबार हुँदा जम्मा १७ अर्ब ७५ करोड ६२ लाख रुपैयाँले कारोबार भयो। यस साता औसतमा दैनिक ३ अर्ब ५५ करोड १२ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो। अघिल्लो साता औसतमा ३ अर्ब ६९ करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसले सातामा औसत सेयर कारोबार लगभग ४ प्रतिशत घटेकोे देखाउँछ। अघिल्लो साता भने औसत सेयर कारोबार करिब ८ प्रतिशलले बढेको थियो। नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४७ खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ छ। गत साताको बजार पुँजीकरण ४६ खर्ब ५९ अर्ब ४७ करोड रुपैयाँ थियो। साताभरमा नेप्से २६.५६ बढ्दा कुल बजार पुँजीकरण ४५ अर्ब २८ करोड रुपैयाँले बढ्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण २३ अर्ब ३९ करोड रुपैयाँले घटेको थियो।

यो साताभरि एक दिन मात्रै एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलका कारोबार भयो। शुक्रबार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उक्त कम्पनीको सेयर १४.८१ प्रतिशतले बढेको थियो। सोमबार इङ्वा हाइड्रोपावरको सेयर सर्वाधिक ८.४२ प्रतिशत र मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको १४.२६ प्रतिशतले बढ्यो। बुधबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक १३.२६ अंक र बिहीबार अपर लोहोर खोला हाइड्रोपावरको १४.९५ अंकले घट्यो।

सेयर बजारमा सूचिकृत १३ उपसमूहमा यस साता टेडिङ इन्डेक्सबाहेक अरु १२ वटा सबै नै बढे। यस साता सेन्सेटिभ इन्डेक्स ४.३४ अंक, फ्लोट इन्डेक्स २.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६२ अंकले बढे। अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ५.८६ अंक, फ्लोट इन्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२१ अंकले घटेका थिए।

कालिन्चोक हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

कालिन्चोक हाइड्रोपावरको आईपीओ जेठ ८ गते नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण सेयरधनीलाई जारी गरेको १३ लाख ७५ हजार कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीले लगानी गरेको ४१ लाख २५ हजार कित्ता सेयर दुबै नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीलाई १०० देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। यसै आधारमा सोमबारदेखि कारोबार हुनेछ।

कालंगा हाइड्रोको आईपीओ निष्कासन

कालंगा हाइड्रो कम्पनीले जेठ ८ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले २८ करोड ७० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ। कम्पनीको आईपीओमा न्यूनतम १० र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ १३ मा र ढिलोमा जेठ २२ गते हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट

टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले निष्कासन गरेको आईपीओ जेठ ६ गते बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २५ करोड १५ लाख ४५ हजार ५ सय रुपैयाँको २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर निष्कासन 
गरेको थियो। 

आईपीओमा २९ लाख ४८ हजार ९ सय ६६ जना आवेदकले ३ करोड ३७ लाख ४६ हजार २ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमा २ लाख ५१ हजार ५ सय ४५ जनालाई १० कित्ताका दरले सेयर परेको छ भने ५ जनालाई ११ कित्ताका दरले सेयर परेको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

आईपीओ निष्कासन गर्दै सानिगाड हाइड्रो

सानिगाड हाइड्रो कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्रतिकित्ता सय रुपैयाँका दरले ४६ करोड ७४ लाख रुपैयाँको ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ। आईपीओमा आवेदन छिटोमा जेठ २० सम्म र ढिलोमा जेठ २८ सम्म आवेदन दिन सकिने छ।


  सेबोन अध्यक्षका लागि तीन जना सिफारिस

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि तीन जनाको नाम सिफारिस हुने भएको छ। अध्यक्षका लागि सर्टलिस्टमा परेका चार जनाको शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम निश्चित भएको हो। सिफारिसमा विनयदेव आचार्य, डा. गोपाल भट्ट र मुकुन्दकुमार क्षत्री पर्ने भएका छन्। सर्टलिस्टमा परेका डा. नवराज अधिकारी भने सिफारिमा पर्ने भएनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.