लुम्बिनीमा थारू समुदायको प्रथाजनित विधेयक पेश

लुम्बिनीमा थारू समुदायको प्रथाजनित विधेयक पेश
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन।

प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेकोले प्रथाजनित विधेयक ल्याइएको मन्त्री  तिमिल्सिनाले जनाए।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारू समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ अर्थात् कुल जनसंख्याको ६.२ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या ७ लाख ३२ हजार ६९ अर्थात् १४.३ प्रतिशत रहेको तथ्यांक छ। दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ।

नीति तथा कार्यक्रममाथि छलफल सुरु 

आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ। प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अगाडि बढाएको हो। बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन। त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन्।

छलफलमा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मिना कुमारी श्रेष्ठ तथा विष्णु प्रसाद पन्थीले भाग लिए। उनीहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राखे।

बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घर्तीमगर ले जानकारी गराएका थिए। प्रदेश सभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ। बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न ११ जना प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए। प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.