जेनजी आन्दोलन घटनामा गण्डक सम्पर्क अधिकृतसहित तीन जना धरौटीमा छुटे

जेनजी आन्दोलन घटनामा गण्डक सम्पर्क अधिकृतसहित तीन जना धरौटीमा छुटे
सुन्नुहोस्

परासी : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नवलपरासीका विभिन्न ठाउँमा भएको घटनामा संलग्न भएको अभियोगमा गण्डक भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका सम्पर्क अधिकृत शोभित हलुवाईसहित तीन जना घरौटीमा छुटेका छन् । उनीहरुले अदालतमा छुट्टाछुट्टै १८ लाख ५० हजार धरौटी बुझाएर छुटेका हुन् । 

सुनवल र प्रतापपुरमा भएको आगजनी, लुटपाट तथा तोडफोड गरेको अभियोगमा उनीहरुमाथि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा भएको आन्दोलनका क्रममा संलग्न भएको अभियोगमा प्रहरीले १०५ जनामाथि आपराधिक उपद्रव(आगो लगाएको), संगठित र अन्य कसुरमा मुद्दा चलाइएको छ । 

उनीहरुमाथि अदालतमा सुनुवाई भइरहेको जिल्ला अदालतका शाखा अधिकृत सूचना अधिकारी भोजराज खनालले जानकारी दिए । घटनामा संलग्न भएको अभियोगमा केहीलाई पक्राउ पुर्जी जारी गरिएको छ भने केही अदालतको सम्पर्कमा आएको शाखा अधिकृत खनालले बताए । 

मुद्दामाथि पुर्पक्षका लागि सुनुवाई हुँदा जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले गण्डक भूआर्जन सम्पर्क अधिकृत ‘गोलु ’भनिने शोभित हलुवाईलाई सात लाख धरौटीमा छाड्ने आदेश दिएको हो । उनीमाथि दुई वटा घटनामा संलग्न भएको अभियोगमा चार लाख ६४ हजार र दुई लाख ३६ हजार माग गरिएको थियो । शोभित हलुवाईसहितका व्यक्तिले प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलगायतका व्यक्तिको घरमा आगजनी तथा तोडफोड गरेको अभियोग छ ।

त्यसैगरी सुनवल नगरपालिकाका मेयर विमला अर्याल, थानप्रसाद गैरे, रेशम शर्मालगायतका घरमा आगजनी र तोडफोड गरेको अभियोगमा दुई जनालाई समेत धरौटीमा छाडिएको छ । घटनामा संलग्न भएको अभियोगमा सुनवल नगरपालिका–४ का विस्नु रायमाझी तीन वटा मुद्दा दर्ता छ । उनी छ लाख ५० हजार धरौटीमा छुटेका छन् । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको इजलासले रायमाझीलाई एक लाख ५० हजार, तीन लाख र दुई लाख धरौटीमा छाड्ने आदेश दिएको हो । 

सुनवलकै घटनामा संलग्न भएको अभियोगमा सुनवल नगरपालिका–२ का सुमन कामु मगर पाँच लाख धरौटीमा छुटेका छन् । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले कामुलाई एक लाख, दुई लाख ५० हजार र एक लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालतले जनाएको छ । प्रदर्शनका क्रममा जिल्लामा सरकारी, निजीसहित ६३ भन्दा बढी आगजनी र तोडफोडका घटना भएका थिए ।

तोडफोड र आगजनीबाट कुल २७ करोड बढीको क्षति भएको छ । जसमा १६ करोड बढी व्यक्तिका निजी सम्पत्ति ध्वस्त भएका छन् । राजनीतिक दलसहित संघ संस्थाको ५२ लाख बढीको क्षति भएको छ भने १० करोड बढीको सरकारी सम्पत्ति ध्वस्त भएको तथ्याङ्क छ । सबैभन्दा बढी क्षेत्र नम्बर १ का जनप्रतिनिधि र नेताका निजी सम्पत्तिमा आगजनी गरिएको थियो ।  यसैबीच घटनामा संलग्न भएको अभियोगमा मुद्दा दर्ता भइ फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.