चेर्दुङलाई चिनाउँदै लामाको मनमोहक फोटो प्रदर्शनी

चेर्दुङलाई चिनाउँदै लामाको मनमोहक फोटो प्रदर्शनी
सुन्नुहोस्

काठमाडौं : दोलखाको रमणीय पर्यटकीय गन्तव्य चेर्दुङको प्रचारप्रसार गर्ने उद्देश्यले फोटो पत्रकार जीवन लामाले खिचेका आकर्षक तस्बिरहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ। नयाँ बानेश्वरस्थित उमोजा कफी मा बिहीबारदेखि सुरु भएको ‘चेर्दुङ पदयात्राका तस्बिरहरू’ शीर्षकको तीन दिने प्रदर्शनीले चेर्दुङको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर गरेको छ।

एक्सप्लोर नेपाल नेटवर्कद्वारा आयोजित प्रदर्शनीमा ३१ वटा तस्बिर समावेश छन्। तस्बिरहरूमा गौरीशंकर हिमशृंखला, जिरी उपत्यका, झ्याँकु गाउँ, स्थानीय संस्कृति, साइक्लिङ, पदयात्रा तथा हिमाली जीवनशैलीका जीवन्त दृश्य समेटिएका छन्। प्रदर्शनीको उद्घाटन पर्यटनविज्ञ तथा विश्व पर्वतारोहण महासंघका मानार्थ विज्ञ दूत आङछिरिङ शेर्पाले गरेका थिए। उनले फोटो प्रदर्शनीले चेर्दुङलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, पर्यटन पत्रकार अमृत भादगाउँले तथा पत्रकार मेनका कुँवरले शुभकामना व्यक्त गरेका थिए। फोटो पत्रकार लामाले जन्मथलोको पर्यटन प्रवद्र्धनलाई आफ्नो दायित्वका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। आयोजक संस्थाका प्रमुख तथा पर्यटन अभियन्ता लिलाराम खड्काले चेर्दुङसहित समग्र नेपालको पर्यटन प्रवर्धनका लागि निरन्तर कार्यक्रम सञ्चालन गरिने बताए।

समुद्री सतहबाट ३ हजार ६ सय ९० मिटर उचाइमा रहेको चेर्दुङ धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको संगमस्थलका रूपमा परिचित छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.