पञ्चेबाजा संरक्षण गरी आम्दानी गर्दै प्यूठानका महिला

पञ्चेबाजा संरक्षण गरी आम्दानी गर्दै प्यूठानका महिला

प्यूठान : प्यूठानका महिलाहरुले पञ्चेबाजा बजाउने तालिम लिएर यसको संरक्षणसँगै आम्दानी गर्न थालेका छन् । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवाराका महिलाहरुले पञ्चेबाजा बजाउन थालेका हुन् । धार्मिक तथा सास्कृतिक कार्यक्रमहरुमा पञ्चेबाजा लोप हुन थालेपछि उनीहरुले पञ्चेबाजा बजाउने तालिम लिएर यसको संरक्षणसँगै आम्दानी पनि गर्न थालेका छन् ।

घरायसी र मेलापातको काममा व्यस्त हुने यहाँ महिलाहरु पञ्चेबाजा बजाउने तालिम लिएर संस्कृतिको जगेर्ना गर्दै आम्दानी पनि गर्न थालेका छन् । ‘दलित समुदायले मात्र बाजा बजाउने काम गर्दै आएकोमा पछिल्लो समय अन्य जातिका महिलाहरु पनि अघि सरेका छन्’, स्थानीय मानबहादुर पुनले भने, ‘सीप पुस्तान्तरण नहुँदा र गाउँमा युवाहरु नहुँदा आमा समूहमा आवद्ध महिलाहरुले सीप सिकेका हुने ।’

रजवारा पोखराका १५ जना महिलाहरुले पञ्चेबाजा बजाउने तालिम लिएका छन् । गौमुखी गाउँपालिकाले पञ्चेबाजाका सामाग्रीसहित एक महिने तालिम आयोजना गरिदिएपछि उनीले दैनिक तीन घण्टा लगाएर सीप सिकेका हुन् । ‘घरको काम सकाएर वेलुका ३ बजेदेखि साँझ ६ बजेसम्म एकै ठाँऊमा भेला भएर सीप सिक्यौ’, स्वास्थ्य आमा समूहकी अध्यक्ष माया घर्तीले भनिन्, ‘पञ्चेबाजाका सबै बाजाहरुको विभिन्न तालहरु बारे सिकेका छौं ।’

मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पञ्चेबाजाले विशेष महत्व राख्छ । तर वैदेशिक रोजगारी, अध्ययन तथा अन्य रोजगारीका लागि गाउँमा युवाहरुको कमी हुन थालेपछि महिलाहरु पञ्चेबाजा बजाउन कस्सिएका हुन् । ‘गाउँमा हुने बिबाह, ब्रतबन्ध तथा पुजाआजामा समूहको खोजी हुन थोलेको छ’, स्थानीय मञ्जु बुढामगरले भनिन्, ‘पञ्जेबाजासँगै संस्कृतिको पनि संरक्षण हुने दुई÷चार पैसा आम्दानी पनि हुने अपेक्षा गरेका छौं ।’
परस्परागत संस्कृति जगेर्नाको जिम्मेवारी सिमित समुदायको मात्र नभएको बुझाई हुन थालेपछि पछिल्लो समय गौमुखी गाउँपालिकासँगै प्यूठानका स्वर्गद्वारी नगरपालिका, नौबहिनी र मल्लरानी गाउँपालिकामा पनि महिलाहरु पञ्चेबाजा बजाउन अग्रसर हुँदै आएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.