रास्वपा सांसद न्यौपानेको प्रश्न : संसदको काम मानवअधिकार आयोगले कहिलेदेखि गर्न थाल्यो ?

रास्वपा सांसद न्यौपानेको प्रश्न : संसदको काम मानवअधिकार आयोगले कहिलेदेखि गर्न थाल्यो ?
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद यज्ञमणि न्यौपानेले संसदको काम राष्ट्रिय मानवअधिकार आयोगले कहिलेदेखि गर्न थाल्यो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद न्यौपानेले क्षेत्राधिकार मिच्ने अधिकार कसैलाई नभएको बताएका छन् । संसदीय सुनुवाई बिना नै नियुक्ति पाउने सौभाग्य पाएका मानवअधिकार आयोगका अध्यक्ष र उपाध्यक्षले सरकारलाई ६ महिनासम्म कैद र एक लाख रुपैंयाँसम्म जरिवानाको चिठ्ठी पठाएको बताउँदै उनले प्रश्न गरे, ‘स‌सदको काम मानवअधिकार आयोगले कहिलेदेखि गर्न सुरु गर्‍यो ?’ सा.सद न्यौपानेले जेनजी आन्दोलनका सन्दर्भमा मानवअधिकार आयोगको प्रतिवेदन पेरिस सिद्धान्तको विपरित रहेको समेत बताएका छन् ।

कानुनको न्यूनतम शर्तहरु हुने बताउँदै सांसद न्यौपानेले प्रश्न गरे, ‘कतिपय सांसदहरु हुनुहुन्छ, सुनुवाईको मौका दिइयो ?’ उनले मानवअधिकार आयोगको प्रतिवेदनमा पुनर्विचार गरी फिर्ता पठाउन समेत आग्रह गरे ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.