दाउन्ने दुःखका सबकहरू

दाउन्ने दुःखका सबकहरू
सुन्नुहोस्

देशको पूर्वदेखि पश्चिमको भाग जोड्ने एकमात्रै राजमार्ग हो, पूर्वपश्चिम राजमार्ग। पूरै राजमार्ग स्तरोन्नति गर्नुपर्ने छ। त्यसको पनि बुटवल—नारायणगढ खण्ड स्तरोन्नति सरकारले २०७५ सालमा थालेको थियो। ३ वर्षमा सक्ने भनेको १ सय १३ किलोमिटर खण्ड अब बल्ल पूरा हुने चरणमा आइपुगेको छ। ९२ प्रतिशत भौतिक प्रगति हुनु उपलब्धि त हो तर यसले दिएका पाठहरू धेरै छन्।

हाम्रो देशको विकासको नमुना यो सडक किन हो भने अरू ठूला पूर्वाधार झंै यो पनि बेलामा सकिएन। धेरै अप्ठ्यारा, उकाली, आरोली र मोडहरू पार गरेर सम्पन्नको संघारमा आइपुग्यो। असार लाग्न लाग्दा खुसीको खबर के भने अब ६ लेनको सडकमा गाडी गुड्न पाउँदैछन्। बुटवलबाट काठमाडौं आउन २४ घण्टा लाग्ने गरेकामा अब ५ घण्टामा झरेको छ। १४ किलोमिटरको दाउन्ने खण्ड पूरा हुन मात्रै वर्षाैं लाग्यो। बर्खामा दिनभर जसो नै सडक बन्द हुने र गाडीको ताँती लाग्ने भयो। रातारात सडक निर्माण वा अरू पूर्वाधार खडा गर्न सक्ने देश चीनको ठेकेदार कम्पनीलाई जिम्मा दिँदा पनि यत्तिका वर्षमा मात्रै सडक स्तरोन्नति सकिन लाग्नुको खास कारण के हो भन्ने गहन र मननयोग्य पक्ष हो। 

पहिलो त हामीले यो योजना सुरु वा शिलान्यास गर्दा नै पूर्वतयारीको काम भएकै थिएन। राजनीतिक जस लिने हतारमा शिलान्यास वा उद्घाटन गर्ने विकृतिको सिकार यो आयोजना पनि भएको हो। वन क्षेत्रका रुख कटान, बिजुलीका पोल सार्नेलगायत साइट क्लियरेन्स नभई योजनामा गैंची गाड्ने प्रवृत्ति यसमा पनि भएको हो। बाढी, पहिरोको कष्ट झेल्दै योजना अघि बढ्नुपर्‍यो। प्रकृतिसँगको संघर्ष कसरी गर्ने भन्ने शिक्षा नलिई काम गरियो भने बेलामा सकिन्न भन्ने सबक यसले सिकाएको छ। नेपालको प्रशासनिक प्रक्रिया र झमेलामा पर्दा चिनियाँ ठेकेदार कम्पनीले पनि काम पूरा गर्न नसक्दा रहेछन् भन्ने अर्काे सबक हो। कतिपय सन्दर्भमा यहाँको परिस्थिति देखेर काममा आलटाल पनि गर्‍यो। त्यसको कारण र अपजस हाम्रै राज्य प्रणालीको कमजोरीको हो। 

सडक स्तरोन्नतिको यो आयोजनाले केवल दुई मुख्य सहर वा राजधानीलाई जोड्ने होइन, पश्चिम नेपालसँगकै पहुँच सहज बनाउने हो। यात्रा सहज हुनु भनेको नागरिकले सुख पाउनुमात्रै होइन। सरसामान ओसारपसारमा सजिलो र सस्तो हुनु हो। समयको बचत हुनु हो। आखिर आजको जमानामा समय नै पैसा हो। यी यावत अवयवहरूले पश्चिम नेपालको अर्थतन्त्रलाई थप चलायमान बनाउने विश्वास गर्न सकिन्छ।

पूर्वपश्चिम राजमार्गकै बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक पनि स्तरोन्नतिको काम अहिले भइरहेकै छ। दाउन्ने सडक खण्डमा जुन दुःख, अप्ठ्यारो र ढिलाइ भयो, त्यही नियति अब नदोहोरियोस् भन्ने हेक्का राज्यले राख्नुपर्छ। विज्ञानले तरक्की गरिरहेको र कृत्रिम बुद्धिमत्ताको जमानामा आएर पनि नेपालले सडक स्तरोन्नतिलाई झन्डै दशक लगाउँदै सक्नु भनेको लज्जास्पद अवस्था हो। यस्तो नियति अब कुनै योजनाहरूले बेहोर्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.