रतुवा खोलामा बोरामा फेला परेकी युवतीको पहिचान खुल्यो, घाँटी कसेर हत्या गरिएको आशंका

रतुवा खोलामा बोरामा फेला परेकी युवतीको पहिचान खुल्यो, घाँटी कसेर हत्या गरिएको आशंका

झापा : झापाको दमकमा हत्यापछि बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । मृतक दमक नगरपालिका–८ वसन्त टोल निवासी नारायण तिवारीको २१ वर्षीय छोरी रोमा भन्ने रमा तिवारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए । 

मृतक रमाको सनाखत उनका बुबा नारायणले गरेका हुन्  । रमा जेठ १३ गते राति अन्दाजी साढे ९ बजेको समयमा घरबाट आफू खुसी हिँडेको र घर नफर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खडकाले बताए ।  रमाको शव दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि शनिबार बिहान ११ बजे फेला परेको थियो । 

सेतो रंगको प्लास्टिकको बोरामा बाँधेर रतुवा खोलाको पानीमा रही ढाडिएको, रातो भेस्ट, जिन्सको पेन्ट लगाएको महिलाको शव फेला परेको थियो । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको थियो । तत्काल मृतकको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय झापाले महिलाको बायाँ हातमा रहेको ट्याटुको एउटा फोटो सार्वजनिक गरेको थियो । 

सोही फोटोको आधारमा मृतकको पहिचान खुलेको डीएसपी खडकाले बताए । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा पहिचान खुलेको रमाको पाइपले घाँटीमा कसेर हत्या गरेको देखिन्छ । ‘रमाको शव बगेर नआई हत्या गरी पुलमाथिबाट रतुवा खोलामा फालेको हुनसक्ने आशङ्का छ, पुलमाथिबाट फाल्दा बोरा फुटेर हात र कपाल बोराबाट बाहिर निस्किएको हो,’ डीएसपी खडकाले भने । 

रमाको हत्यारासहितको घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको कमान्डमा अनुसन्धान टोली खटाइएको छ । शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानसहित प्रादेशिक अस्पताल भद्रपुरबाट फरेन्सिक डाक्टरसहितको टोली घटनास्थल पुगेको थियो । शवलाई पोस्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.