सालको काठजन्य सामग्री बोकेको पिकअपसहित दुई जना नियन्त्रणमा

सालको काठजन्य सामग्री बोकेको पिकअपसहित दुई जना नियन्त्रणमा
सुन्नुहोस्

झापा : झापाको अर्जुनधारामा एउटा बोलेरो पिकअपमा लोड भएको साल जातका तयारी काठजन्य सामग्रीसहित सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको गस्ती टोलीले अर्जुनधारा नगरपालिका–३ नेपालडाँडा क्षेत्रमा मंगलबार बिहान ७ बजे इलामबाट झापातर्फ आउँदै गरेको मे १ ज ११७८ नम्बरको बोलेरो पिकअपलाई शंकाको आधारमा चेकजाँच गरेको थियो । 

जाँचका क्रममा स्थानान्तरण इजाजत पत्रबिना ओसारपसार गरिएको अन्दाजी २ लाख ३२ हजार २३८ रुपैयाँ बराबरको साल जातको तयारी चिरान काठ ९६ थान सालको झ्यालको चौकट, ६ थान ढोकाको चौकट, २४ थान झ्यालका पल्ला, १४ थान कुर्सी र १ थान टी–टेबल० फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी तथा सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए । 

साथै पिकअप चालक इलामको देउमाई नगरपालिका–८ जितपुरका २४ वर्षीय साजन मगर  र सहचालक देउमाई–९ जितपुरका ४० वर्षीय सरोज कट्टेललाई समेत नियन्त्रणमा लिएको डीएसपी पोखरेलले बताए ।  बरामद काठजन्य सामग्री, १० लाखको सवारीसाधन गरी कुल मूल्य १२ लाख ३२ हजार २३८ रुपैयाँ मूल्यांकन तोकेर चालक र सहचालकलाई आवश्यक कारबाहीका लागि मंगलबार बिहान ११ः१० बजे कनकाई सब–डिभिजन वन कार्यालय, सुरुङ्गामा बुझाइसकेको उनको भनाई छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.