मधेशमा मोटरसाइकलको आकर्षणले ज्यान गुमाउने बढ्दै
जनकपुरधाम : मधेश प्रदेशमा युवाहरुको मोटरसाइकलप्रतिको आकर्षण अहिले दुर्घटनाको प्रमुख कारण बनेको छ । समथर भूमाग र चिल्लो सडकमा ट्राफिक नियमको बेवास्ता गरी तीव्र गतिमा मोटरसाइकल कुदाउने रहरले अहिले प्रतिदिन युवाहरु दुर्घटनाको सिकार भईरहेका छन् ।
यस प्रदेशमा पछिल्लो तीन वर्षमा भएको सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकलबाट भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा १९ हजार ७९३ वटा मोटरसाइकल दुर्घटना भएका छन् । यस्ता दुर्घटनाहरुमा ज्यान गुमाउने तथा घाइते हुनेमा अधिकांश २५ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरु रह्ने गरेका छन् ।
१,२१७, यात्रुबाहक बस, माईक्रो र टेम्पोबाट २,६१८, कार, जीप भेनबाट १,९१२ र अन्य सवारी साधनबाट ३,२९८ वटा सवारी दुर्घटना भएको जनाइएको छ । यी दुर्घटनाहरुमा परी हालसम्म १,५३७ जनाले ज्यान गुमाईसकेका छन् भने ३२ हजार ८२५ जना घाइते भएका छन् । सवारी दुर्घटनामा संलग्न चालकहरुमा ४० प्रतिशत २५ देखि ४० वर्ष र ३९ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका युवाहरु रहने गरेका छन् ।
‘प्रदेशमा हुलाकी र भित्री सडकहरुमा सवारीको चाप निकै बढेको छ । सडक सञ्जालको तुलनामा ट्राफिक प्रहरी इकाइहरुको अभाव छ । ट्राफिक व्यवस्थापन सामग्रीहरु हामीसँग आवश्यकता अनुसारको छैन् । जनशक्तिको अभाव छ । सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यको कमी छ। थुप्रै चुनौतीहरुका कारणले प्रदेशमा दुर्घटना बढ्दै गएका छन्,’ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत भन्छन्, ‘विभिन्न चुनौतीहरुका बावजुद पनि हामी सवारी दुर्घटना न्यूनिकरणका लागि प्रयासरत छौं ।’
मधेश प्रदेशभरी ३०२ जना ट्राफिक प्रहरीको दरबन्दी भए पनि हाल ५२५ जना कार्यरत छन् । दरबन्दी भएका ट्राफिक पोष्टहरु मात्रै १८ वटा रहे पनि ८१ वटा दरबन्दी नभएका ट्राफिक पोष्ट निर्धारण गरिएका छन् ।
सवारी वृद्धिको तुलनामा सडक विकासको अपर्याप्तताले मधेशमा दुर्घटनाको चुनौती बढाएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी बताउँछन् । ‘नेपालमा सवारी साधन दर्ता संख्यामा वार्षिक उल्लेखनीय वृद्धि भएको छ । तर, भौतिक पूर्वाधारको विकास सो अनुपातमा हुन सकेको छैन् । नेपाल प्रहरीको कुल दरबन्दीको मात्रै ३.५ प्रतिशत ट्राफिक प्रहरी छन् जुन कि अपर्याप्त छ यी सबै कारणहरुले गर्दा दुर्घटना न्युनिकरण र सडक सुरक्षामा चुनौती पुगेको छ,’ तिवारी भन्छन्, ‘यस वर्ष सडक विभागसँग समन्वयमा ट्राफिक उपकरण खरीदका लागि रु. १५ करोड बजेट व्यवस्थापन गरिएको छ जसमध्ये मधेश प्रदेशलाई अढाई करोड रकम उपलब्ध गराईनेछ । यसले पनि सडक सुरक्षा जनचेतना अभिवृद्धिमा सहयोगी सिद्ध हुने हाम्रो विश्वास छ ।’
मधेश प्रदेशका ४९ स्थानहरुलाई प्रहरीले दुर्घटनाको दृष्टीकोणले ब्लाक स्पर्ट निर्धारण गरेको छ । चालु आवको तथ्यांक अनुसार देशभरी सवारी दुर्घटनाबाट औसत ७.५ जनाको मृत्यु हुने गर्दछ भने दैनिक औसत घाइतेको संख्या १३७ जना रहेको छ । यस वर्षको हालसम्ममा २५ हजार ८११ वटा सवारी दुर्घटना देशैभरी भईसकेका छन् । जसमा परी २,२७५ जनाले ज्यान गुमाएका छन् भने ४० हजार ९६० जना घाइते छन् ।
प्रतिक्रिया दिनुहोस !