महानगर यातायातका थप १६ विद्युतीय बस सञ्चालन

महानगर यातायातका थप १६ विद्युतीय बस सञ्चालन
सुन्नुहोस्

काठमाडौं : महानगर यातायात प्रालिले थप १६ वटा विद्युतीय वस सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौंमा सशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई विद्युतीय बस हस्तान्तरण गरेको हो । ३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको बताईएको छ । 

चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ । 

नयाँ वसहरुको सेवा सुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिए ।  महानगर यातायात प्रालिले २८ वटा सिटी वस र २४ वटा माइक्रो वस गरि ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.