कांग्रेसलाई रास्वपा सांसद केसीको प्रश्न : मुर्दा लाश तपाईहरु कि हामी ?

कांग्रेसलाई रास्वपा सांसद केसीको प्रश्न : मुर्दा लाश तपाईहरु कि हामी ?
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुनिल केसीले हिजोको सदनको बैठकमा कांग्रेस संसदीय दलका नेताले सत्तारुढ सांसदलाई लगाएको ‘मुर्दा लाश’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

आफूहरु मुर्दा लाश नभएको बताउँदै रास्वपा सांसद केसीले यो देशको उद्योग, कलकारखानाहरु सबै बन्द भइरहँदा उहाँहरु नै सदनमा बसेर टेबल ठोकिरहने र कलकारखाना उद्योग धन्दा खोल्नुपर्छ भनेर माग गर्नेहरु कहिले पनि मुर्दा लाश नहुने बताउँदै यो कुरा हेक्का हुनुपर्ने बताए ।

सांसद केसीले आफूहरु सँधै देशको हित सोच्ने दावी गर्दै हिजो सरकारमा बसेकाले उद्योग धन्दा बन्द गर्र्ने वातावरण बनाएको र नेपाली नागरिकलाई देशमा बस्न सक्ने अवस्था नबनाएको बताउँदै तर हिजो संसदमा ढयापढ्याप पारेको बताउँदै प्रश्न गरे, ‘अब तपाई भन्नुस् मुर्दा लाश तपाईहरु हो कि हामी ?’ उनले हिजो कांग्रेस सांसदले बोलेको कुरा सदनको रेकर्डबाट हटाउनु पर्ने बताएका छन् । 

हिजोको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका सांसद भिष्मराज आङदेम्बेले अहिलेको सत्ता पक्षमा सांसदको भिड भए पनि मुर्दा शान्ति रहेको टिप्पणी गरेका थिए । उनले सरकारका गलत काममा पनि सत्तारुढ सांसदले आवाज नकिकाल्ने बरु ढाकछोप गर्ने गरेको आशयमा आङदेम्बेले सत्तारुढ पार्टीमा भिड भए पनि मुर्दा शान्ति रहेको टिप्पणी गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.