‘श्रीमान् हराएको २१ वर्षभयो, आश मरेको छैन्'

‘श्रीमान् हराएको २१ वर्षभयो, आश मरेको छैन्'

डोटीः रोजगारीका सिलसिलामा विदेश गए पनि सम्पर्कमा नआउँदा परिवारका सदस्यहरुमा नैराश्यता बढेको छ।

कफल्लेकी गाविस–६ तिछडाकी ईश्वरा नागरीका श्रीमान भारतमा गएको २१ वर्ष भइसक्यो ।

तर उनी अहिलेसम्म घरपरिवारको सम्पर्कमा आउनु भएको छैन । उनले श्रीमानको खोजी कार्य गरिदिन गाउँमा जाने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिलाई गुहार्दैआएकी छिन्, तर समस्या जस्ताको तस्तै छ ।

कफल्लेकीकै दुर्गा नागरीका श्रीमान बेपत्ता भएको १९ वर्ष भइसक्यो । परदेशबाट गाउँमा नयाँ मान्छे आउँदा उनी झस्किन्छिन् । आश्वासनले उनी हैरान बनेकी छिन् । ‘आशा देखाउने धेरै आए, तर कुनै अत्तोपत्तो छैन,' उनले भनिन् ।

सरोकारवाला निकायले खोजी कार्य नगरिदिँदा उनीहरु चिन्तित बनेका छन् । खोजी गरिदिन विभिन्न प्रहरी चौकीमा दिएका निवेदन उपरसमेत प्रहरीले कारबाही अघि बढाएको छैन ।

कतिपय त दशकौदेखि सम्पर्कविहीन छन् । उनीहरुका आफन्त बाटो कुरिरहेका छन् ।

जिल्लाका धेरै गाविसबाट विदेश गएका नागरिक बेपत्ता भएका छन् । तर तथ्याङ्क कसैसित छैन ।

सहकारी डिभिजन कार्यालय सिलगढीमा कार्यरत कल्पना खत्रीका श्रीमान वेपत्ता भएको १५ बर्ष भन्दा बढी भईसक्यो । कुनै अत्तोपत्तो छैन ।‘अझै आश मारेकी छैन,' उनले भनिन् । श्रीमान खोज्न उनले भारतका विभिन्न सहर धाउन पुगिन । तर पत्तो लागेन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०६३ साल असोज यता वैदेशिक रोजगारमा गई बेपत्ता हुनेको सङ्ख्या १२७ जना रहेका छन् ।

जसअन्तर्गत ७५ महिला, ३० पुरुष, १३ बालिका र ११ जना बालक रहेका छन् । बेपत्ता भएकाको उद्धार भए नभएको कुनै तथ्याङ्क नभएको प्रहरी उपरीक्षक डिल्लीराज विष्ट बताउछन् ।

‘समयमै उजुरी आउन्न, लामो समयपछि उजुरी आउँदा खोजीकार्य गर्न गाह्रो भएको छ,' विष्टले भने ।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.