कोरियामा सुतेकै ठाउँमा नेपालीको मृत्यु

कोरियामा सुतेकै ठाउँमा नेपालीको मृत्यु

सोलः सुतेको अवस्थामा दक्षिण कोरियामा एक नेपाली युवाको मृत्यु भएको छ । नरेफाटी बागलुङा हिरा पुनको आइतबार बिहान मृत्यु भएको हो ।

उनी छनान नजिक सुसिनस्थित एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । आइतबार साथीसँग स्मार्ट बैंकिङ सेवा सुचारु गर्न छनान जाने सल्लाह गरी सुतेका थिए ।

बिहान अचेत रहेका पुनलाई प्रहरीमार्फत अस्पताल पु¥याइएको थियो । अस्पतालले मृत्यु भैसकेको जानकारी गराएको उनीसँगै कार्यरत बुटवलका गणेश श्रेष्ठले जानकारी दिए । पुन रोजगारीका लागि दुइ वर्षअघि कोरिया आएका थिए ।

पुनले कार्यस्थल परिवर्तन गरी पाँच महिनाअघि उक्त कम्पनीमा सरेका थिए । पुनले काम गर्दै आएको कम्पनीमा अन्य तीन नेपाली युवा कार्यरत छन् । ३२ वर्षीय पुनका श्रीमती र छोरी छन् ।

पुनको मृत्युबारे प्रहरी रिपोर्ट प्राप्त नभएको सोलस्थित कार्यबाहक राजदूत किरण शाक्यले जानकारी दिए । आइतबार बिदा परेकाले सोमबार परराष्ट्रलाई जानकारी गराउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.