धुर्मुस-सुन्तलीलाई जापानबाट आठ लाख

धुर्मुस-सुन्तलीलाई जापानबाट आठ लाख

टोकियो: सिन्धुपाल्चोकस्थित गिरानचौर एकीकृत बस्ति निर्माणका लागि धुर्मुस-सुन्तली फ़ाउन्डेशनलाई जापानबाट आठ लाख रुपैयाँ आएको छ ।

जापानबासी नेपालीको सहयोगमा संकलित उक्त रकम धुर्मुस-सुन्तली फाउन्डेसन गिरानचौर एकीकृत बस्ती निर्माणको सहयोगार्थ आर्थिक संकलन अभियान जापानका संयोजक शिव तन्डुकारले आइतबार फाउण्डेशनको नेपालस्थित बैंक खातामा पठाएका हुन् |

जापान मनी एक्सप्रेस (जेएमइ) बाट पठाइएको उक्त रकम जापानस्थित नेपाली सञ्चारकर्मी आनन्द कोइराला, शान्त पहरी र एनआरएनए आइसीसी सदस्य ओम गुरुङको रोहबरमा नेपाल पठाइएको जापानबाट पत्रकार पुर्ण चलाउनेले जानकारी दिएका छन् |

धुर्मुस-सुन्तली फाउन्डेसनबाट प्रभावित भएर सहयोग गरिएको अभियानका संयोजक तन्डुकारले बताए |

अभियानका सह-संयोजक हरिचन्द्र लामाले अभियान सामाजिक सेवा भएको बताउँदै सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गरे | धुर्मुस-सुन्तली फाउन्डेसनले हाल गिरानचौर एकीकृत बस्ती निर्माण परियोजना अन्तर्गत ६५ वटा घर निर्माण गरिरहेको छ |


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.