डेढ अर्बको खानेपानी आयोजना अलपत्र

डेढ अर्बको खानेपानी आयोजना अलपत्र

धरान: ठेकेदारको चरम लापरबाहीका कारण एक अर्ब ४८ करोड रुपैयाँको निर्माणधीन धरान खानेपानी आयोजनाको काम अलपत्र परेको छ।

धरान खानेपानी आयोजनाको कामममा ठेकेदार कम्पनीले चरम लापरबाही गरेपछि जमिनमुनि बिछ्याइएको पाइपमा दिसासहितको ढल मिसिएको छ।
एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा निर्माण भइरहेको धरान खानोपानी आयोजनाको काम सन्तोषजनक नभएको नगरवासीको गुनासो छ।

खानेपानी बिस्तारका लागि धरानका १ देखि १९ नम्बर वडासम्मको बस्तीमा बिछ्याइएको पाइपमा फोहोर पानीसहितको ढल मिसिएपछि आयोजनाको काम अलपत्र बनेको नागरिक वडा मञ्च धरान १४ की संयोजक सीता पौडलले बताइन्।

उनले ठेकेदारको चरम लापरबाहीका कारण धरान विजयपुरमा करिब दुई किलोमिटरभन्दा बढी क्षेत्रमा गाडिएको खानेपानीको पाइपमा दिसासहितको फोहर पानी मिसिएको बताइन्। खानेपानीको पाइपमा दिसासहितको बाढी पस्दासमेत नगरपालिकाले खानेपानी आयोजनाको अनुगमन नगरेको भन्दै उनले आपत्ति प्रकट गरेकी छन्।

 

एडीबीको ऋण अनुदानमा धरान नगरपालिकाले सुरु गरेको खानेपानी आयोजनाको ठेक्का पाएको टी एन्ड जी तुदी कम्पनीले पाइप बिछ्याउने काम बीचैमा छोडेपछि खानेपानीको पाइपमा फोहोर पानी भरिएको धरान १४ का कृष्ण भट्टराईले बताए।

धरान नगरपालिकाले चारकोसे जंगलबाट जमिनमुनिबाट टेस्ट ड्रिलिङ गरी पानी निकालेपछि धरानको विजयपुर, फुर्से, मंगलबारेमा खानेपानीको ट्यांकी निर्माण कार्य भइरहेको छ। खानेपानीको ट्यांकी निर्माणसँगै धरानको पुरानो नगरपालिका क्षेत्रमा जमिनमुनि बिछ्याइएका पाइप खुला छोडेपछि ढल मिसिने गरेको स्थानीय सागर खड्काले बताए।

धरान खानेपानी आयोजनाको अनुगमन गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायतका राजनीतिक दलका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गरिए पनि समितिले समेत प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ।

धरान खानेपानी आयोजनाका प्रमुख राजु पोखरेलले खानेपानी आयोजनाको निर्माण कार्यमा ठेकेदार कम्पनीले गल्ती गरेको पाइए कारबाही गर्ने बताए। उनले २०१७ सम्ममा खानेपानी आयोजनाको काम सम्पन्न गरी धरानवासीलाई खानेपानी समस्याबाट मुक्त गराउने बताए।

ठेकेदार कम्पनीका सरोज पोखरेलले खराबी भएको स्थानमा सुधार गरी आयोजनाको काम प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.