अफगानिस्तानबाट फर्कन चाहनेलाई सरकारले ल्याउने

अफगानिस्तानबाट फर्कन चाहनेलाई सरकारले ल्याउने

काठमाडौं: अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ल्याउने व्यवस्था गरेको छ ।

सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो ।

काबुलमा आत्मघाती बम विस्फोटमा मृत भएका नेपालीको शव र घाइते लिने जाने जहाजसँगै नेपाल फर्कन इच्छुकलाई पनि ल्याउने व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकारसम्मेलनमा श्रम तथा रोगजार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी गराए ।

उनका अनुसार सरकारले काबुल घटनाका मृतकको शव ल्याउनका लागि नेपाल वायु सेवा नियमको जहाज आज राति १० बजे पठाउन थालेको छ ।

'शव र घाइते लिन जाने जहाजमै राखेर हामीले फर्कन चाहने इच्छुक नेपालीलाई स्वेदश फर्काउन प्रबन्ध पनि मिलाएका छौं, उनले भने, 'आजै आउन चहानेहरुलाई जहाजमै राखेर ल्याउँछौँ ।'

सहसचिवसमेत रहेका भूर्तेलले शव र घाइते तथा इच्छुक स्वदेश फर्कन चाहनेलाई फर्काउन बन्दोबस्त गर्न पाकिस्तानस्थित नेपाली कार्यवाहक राजदूतलाई खटाइएको जानकारी गराए ।

'कार्यवाहक राजदूतलाई मङ्गलबार बिहानैदेखि हामीले अफगानिस्तान खटाएका छौँ,' उनले भने' 'अफगानिस्तानमा रहेका नेपालीले उहाँसँग समन्वय गरेर जहाजमा फर्कन सक्नेछन् ।'

सोमबार काबुलमा आत्मघाती बम विस्फोटनमा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो भने सात नेपाली घाइते भएका थिए ।

वैदशिक रोजगार विभागमा महानिर्देशक शत्रुघ्न पुडासैनीले अफगानिस्तान असुरक्षित भएकाले व्यक्तिगत श्रम स्वीकृत नदिएको भन्दै कतिपय बाहिरी मुलुकबाट गएका बताए ।

 

त्यहाँका 'ग्रिन जोन' क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ र विदेशी कूटनीतिक नियोगमा सुरक्षाकर्मीका लागि मात्र पाकिस्तानस्थित नेपाली राजदूतले माग गरे मात्र श्रम स्वीकृति दिने गरेको उनले बताए ।

उनका अनुसार अहिले संस्थागत र व्यक्तिगत गरी पाँच हजार २९१ जना श्रमस्वीकृत लिएर अफगानिस्तानमा सुरक्षाकर्मीका रुपमा काम गरेका छन् ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बिमल ढकालले अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउनेलाई कडा कारबाही गर्नुपर्ने बताएनुभयो ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक फोरमका अध्यक्ष प्रज्ञान न्यौपानेले फितलो कानुन र भारतसँगको खुला सिमानाका कारण दलालहरुले भारत, दुवई र श्रीलङ्काबाट अवैधानिक रुपमा अफगानिस्तानमा ठूलो सङ्ख्यामा नेपाली वैदेशिक रोजगारमा पठाएका बताए ।

सरकारले अफगानिस्तानसहित ११० देशमा श्रम स्वीकृत दिने गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.