नक्कली लालपूर्जा बनाउने एकजना पक्राउ

नक्कली लालपूर्जा बनाउने एकजना पक्राउ

सुर्खेतः नक्कली लालपूर्जा (जग्गा धनी प्रमाणपत्र) बनाउँदै ठगी गरेको आरोपमा सुर्खेतमा एकजना पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा प्रहरीले वीरेन्द्रनगरबाट एकजनालाई पक्राउ गरेको हो । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा वीरेन्द्रनगर–५ निवासी २८ वर्षीय निराजन रानालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले उजुरी दिएपछि रानालाई मंगलवार घरबाटै प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रानाले एक वर्षअघि दैलेखको खरीगैरा निवासी पवित्रा थापालाई नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेका थिए ।

थापाले केही दिन पहिले जग्गाको खोजी गर्दा जग्गा नभेटिएको र मालपोत कार्यालयमा लालपूर्जा देखाउँदा नक्कली भएको रहस्य खुलेको थियो । लालपूर्जा नै नक्कली भएको खुलेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीको आधारमा रानालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी बहादुरजंग मल्लका अनुसार रानाले नक्कली लालपूर्जा बनाएको प्रमाण भेटिएको छ ।

 

‘नक्कली लालपूर्जा देखाउँदै ठगेको पाइयो, पीडितहरुले न जग्गा पाए न लालपूर्जा । जिल्लामा ठूलो गिरोह नै नक्कली धन्दामा सक्रिय रहेको तथ्य फेला पारेका छौं’, डीएसपी मल्लले भने, ‘अब हामी यसमा अप्रेसन गर्दैछौं ।’ उनले सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा रानालाई कारबाही प्रक्रिया अगाडि बडाइने जानकारी दिए ।

सुर्खेतमा हुँदै नभएको जग्गा देखाउने र नक्कली लालपूर्जा देखाएर सर्वसाधारणलाई ठग्ने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ ।

‘किर्ते काममा अरु व्यक्तिहरु पनि संलग्न रहेको संकेत मिलेको छ’, डीएसपी मल्लले थपे, ‘हामीलाई यसको सूचना पनि प्राप्त भएको छ । हामी अब यसको खोजी गर्छौं ।’ प्रहरीले जिल्लामा अन्य धेरै व्यक्तिहरु पनि नक्कली लालपूर्जामा ठगिएको हुनसक्ने आशंका व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.