प्रहरीबाटै बलात्कृत महिला न्याय पर्खदैं प्रसुतीमा

प्रहरीबाटै बलात्कृत महिला न्याय पर्खदैं प्रसुतीमा

काठमाडौं: शशस्त्र प्रहरी जवानको सामूहिक बलात्कारमा परेर थापाथलीस्थित प्रसुती गृहमा उपचार गराइरहेकी महिलालाई मंगलबार सांसदहरुको एक टोलीले भेट गरेको छ। टोलीले घटनाका दोषीलाई पक्राउ गरी कारबाही पक्रिया थाल्न सकारलाई निर्देशन दिने भएको छ।

गृह र स्थानिय विकास मन्त्रालयमा बुझेर यस घटनाको सही जानकारी लिनुको साथै यस्ता अमानविय घटनाका पीडकलाई कडा कारबाही गर्ने विषयमा संसदमा पनि आवाज उठाउने सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति शुशिलकुमार श्रेष्ठले बताए।

जनताका रक्षामा खटिएका सुरक्षाकर्मीले नै सुन्न र बोल्न नसक्ने अपांगता भएकी ३५ बर्षिय एक अवला महिलालाई दस जनाले गरेको सामूहिक बलात्कार एक जगन्य अपराध भएकाले दोषी जोकोही भएपनि नछाडिने र कडा कानुनी कारबाहीका लागि आफूहरुले पहल गर्ने सांसद टुका भद्र हमालले बताइन्।

कपिलवस्तुको शिवराज नगरपालिका नौरीहवाकी ३५ बर्षिया ती महिलालाई जंगलमा भैंसी चराउन गएको अवस्थामा घटना घटेको हो। पीडित महिला बेहोसी अवस्थामा घर आइपुगेकी र घटनास्थलमा पुगेर हेर्दा त्यहाँ प्रहरी जवानका पोषाक, चप्पललगायतका सामाग्रि भेटिएका थिए।

त्यसैगरी हातले इशारा गर्दै दश जना बन्दुक बोकेका मानिसले आफूमाथि जबरजस्ती गरेको भनेर पीडित स्वयंले आफूहरुलाई भनेको उपचारका क्रममा उनीसँगै काठमाडौं आएकी उनकी भाउजु रामदुलारी थारुले बताइन्। बहिरी महिलाको शरीरभरी रहेको दाँतको डाम र निल डामको हाल अस्पतालमा उपचार भइरहेको छ।

 

जिल्ला अस्पतालहरुमा उपचार गर्न नमानेपछि असार २ गते प्रसुती गृहमा ल्याइपुर्याइँदा उनको अवस्था निकै दर्दनाक रहेको र शरीरभरी दाँत गाडेका चोटहरु र डोरीले बानेको निल डाम रहेको राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष टिका दाहालले बताइन्।

पीडित महिलाको उपचार र सुरक्षाका लागि महासंघले पहल गर्ने क्रममा गृहमन्त्रालय, महिला मन्त्रालय, संसद, राष्ट्रिय मानव अधिकार आयोगलगायतका सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराइसकेको र उपचारको लागि आर्थिक संकलनमा पनि जटेको उनले बताइन्।

एक असहाय र अशक्त महिलामाथि सुरक्षा निकायले नै गरेको यस्तो अपराधप्रति महिला अधिकारकर्मी पनि निकै आक्रोशीत भएका छन्। दोषीलाई जतिसक्दो चाँडै खोजेर कारबाही अगाडि बढाउने पहल गर्दै उपचार, सुरक्षा, पुर्नस्थापनालगायतका विषयमा आर्थिक सहयोग जुटाउनुको साथै सम्बन्धित क्षेत्रलाई घचघचाउने काम गरिरहेको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालकी निमित्त निर्देशक पवित्रा सुवेदीले बताइन्।

शसस्त्र प्रहरी बलले यस घटनालाई गम्भीरताका साथ लिएको र प्रहरी बलका कुनै पनि ब्यक्तिको यस घटनामा कुनै पनि प्रकारको संलग्नता देखिएमा आवश्यक कडा कारबाही गरिने शशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोकका सूचना शाखाका प्रमुख अजय छतकुल्लीले बताए।

यस घटनाको अनुसन्धानका लागि विभिन्न टोली खटाइसकिएको र हालसम्म दुई जना जवान शंकाका घेरामा परेकाले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.