प्रहरी बनेर राजमार्गमा असुल्ने पक्राउ

प्रहरी बनेर राजमार्गमा असुल्ने पक्राउ

चन्द्रपुरः पुर्व–पश्चिम राजमार्गमा प्रहरी बनेर सवारी साधनसँंग रकम असुली गर्ने तीनजनालाई प्रहरीले पक्राउ परेको छ ।

रौतहटको पौराइ जंगलमा रातिको समयमा सवारी चालक तथा व्यपारीहरुसँग रकम असुल्ने चन्द्रपुर–८ पौराइका सदीप थापा मगर, रामकुमार उप्रेती र मानवीर तामाङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार राति करिव नौ बजे चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ गोरु लोड गरेर जाँदै गरेको ना ३ च ५१८२ नम्बरको सवारी साधन रोकेर पौराइ जंगलमा उनीहरुले रकम असुलेका थिए ।

मगरलाई सशस्त्र प्रहरीको गस्तीटोलीले रंगेहात पक्राउ गरेपनि तामाङ र उप्रेती भागेका थिए । भागेका दुबैजनालाई शनिवार बिहान इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको डिएसपी मनोजकुमार यादवले जानकारी दिए ।

 

पक्राउ परेका हरुले गोरु व्यापारी घनश्याम महतोसँग पहिले तीन हजार मागेका उनीहरुले अन्तिममा आठ सय २० रुपैयाँ लिएका थिए । पैसा लिँदै गर्दा सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको लीले उनीहरुलाई फेला फारेको थियो ।

प्रहरीले उनीहरुले प्रयोग गरेको दुईवटा मोटरसाइकल समेत बरामद गरेको छ ।

आफुहरु प्रहरी भएको भन्दै उनीहरुले पैसा मागेको चालक रामप्रवेश साहले बताए । गोरु व्यापारी महतोले पैसा दिन नमान्दा गालीगौलज गर्दै कुटपिट समेत गरेको उनले बताएका छन ।

पक्राउ परेका तीनैजनाले रकम मागेको स्वीकार गरेका छन् । उनीहरुले अवैधरुपमा गोरु ओसारपसार गरेको भन्दै रकम लिएको प्रहरी समक्ष बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.